back
CTIZAN AD

नेपालमा आज ४६३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

वि.सं.२०७७ असार १४ आइतवार

741 

shares

१४ असार, काठमाडौं । नेपालमा आज ४६३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमा १०५ महिला र ३५८ जना पुरुष रहेका छन् ।

आज सबैभन्दा बढी बाजुरामा ६३ जना, महोत्तरीमा ५६ जना, गुल्मीका ३८ जना, प्युठानमा ३५ जना, दाङमा ३४ जना, बाजुरामा ३२ जना, नवलपरासीपूर्वमा ३१ जना र बाग्लुङमा २९ जना रहेका छन् ।

मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका १ महिला र १६ पुरुष गरेर १७ जना, झापाका २ महिला, उदयपुरका ४ महिला र २ पुरुष गरी ६ जना, इलामका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका १ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा ४ महिला र ६ पुरुष गरी १० जना, महोत्तरीका ३ महिला र ५३ पुरुष गरी ५६ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा डडेल्धुरका १ पुरुष, अर्घाखाँचीका २ महिला र ४ पुरुष गरि ६ जना, दार्चुलाका १ पुरुष, दोलखाका १ महिला र १ पुरुष, गोर्खाका १ पुरुष, गुल्मीका १७ पुरुष, खोटाङका २ महिला र २ पुरुष गरी ४ जना, रौतहटका २ महिला र १५ पुरुष गरी १७ जना, सर्लाहीका १ पुरुष र सिन्धुपाल्चोकका १ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग अनुसन्धान प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा गुल्मीका २० र कपिलवस्तुका २ पुरुष रहेका छन् । पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा धादिङ र ललितपुरका १\१ जना महिला, टिचिङ अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा बाजुराका २९ महिला र ३४ पुरुष गरेर ६३ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ५ महिला, नवलपरासीपूर्वका २ महिला र २९ पुरुष गरेर ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका २ महिला र २७ पुरुष गरी २९ जना, पर्वतका २ पुरुष, सल्यानका १ पुरुष, तनहुँका ३ महिला र ३ पुरुष गरी ६ जना, लम्जुङका १ पुरुष र म्याग्दीका २ महिला, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका १ महिला, पाल्पाका २ पुरुष, प्युठानका २ महिला र ३३ पुरुष गरी ३५ जना, गुल्मीका १ पुरुष र रुपन्देहीका ४ महिला र ८ पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ७ महिला र २७ पुरुष गरी ३४ जना, कपिलवस्तुका ५ र रोल्पाका १ पुरुष, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा बाजुराका ११ महिला र २१ पुरुष गरेर ३२ जना, रुकुम पश्चिमका १ पुरुष, सल्यानका १ पुरुष, सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा कैलालीका ४ महिला र १३ पुरुष गरी १७ जना र डोटीका ९ महिला र ४ पुरुष गरी १३ जनामा संक्रमण पुष्टि भएको छ ।

आज ४६३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १०५ महिला र ३५८ जना पुरुष रहेका छन् । आज थपिएका ४६३ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १२७७२ रहेको छ । जसमा महिला १४७४ जना र पुरुष ११२९८ जना रहेका छन् । नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

नेपालमा आज ५९३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ११,७५५ पुग्यो

वि.सं.२०७७ असार १४ आइतवार १६:५१ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...