back
CTIZAN AD

नेपालमा आज ५९३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ११,७५५ पुग्यो

वि.सं.२०७७ असार १२ शुक्रवार

675 

shares

१२ असार, काठमाण्डौं । नेपालमा आज ५९३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमा १०७ महिला र ४८६ पुरुष रहेका छन् । आज काठमाण्डौंमा ३ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आज सबैभन्दा बढी पाल्पामा ७६ जना, दाङ ७५ जना, रौतहटमा ५६ जना, डोटी ४६ जना, कन्चनपुरमा ४२ जना, कैलालीमा ३१ जना, बाजुरामा २७ जना, बैतडीमा २५ जना, नवलपरासीमा २३ जना, चितवनमा २२ जना र प्युठानमा २० जना रहेका छन् ।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका १ महिला र १ पुरुष, झापाका १ पुरुष र सुनसरीका ४ महिला र ६ पुरुष गरी १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला झापाका १ महिला र १ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २ महिला र १० पुरुष, महोत्तरीका ४ पुरुष, सिराहाका १ महिला र ५ पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नारायणी अस्पताल विरगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका ३ पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १ पुरुष, बैतडीका ५ महिला र २० पुरुष गरी २५ जना, बझाङका ३ महिला र ६ पुरुष गरी ९ जना, बाजुराका १० महिला र १७ पुरुष गरी २७ जना, बाराका २ पुरुष, दार्चुलाका ३ पुरुष, डोटीका १७ महिला र २९ पुरुष गरेर ४६ जना, गोर्खाका ५ पुरुष, कैलालीका ८ महिला र २२ पुरुष गरी ३० जना, कन्चनपुरका ८ महिला र ३४ पुरुष गरेर ४२ जना, कपिलवस्तुका १ महिला र ८ पुरुष गरी ९ जना, सल्यानका १ पुरुष र रौतहटका २ महिला र ४४ पुरुष गरी ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

https://www.facebook.com/sansarnewsnepal/videos/769138290496051/UzpfSTM4NjA5NDgwNDc0NDM0NTozMTkyNTMxNTY3NDMzOTc0/

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा गोर्खाका १ पुरुष, नवलपरासीपूर्वका २ पुरुष, नुवाकोटका १ पुरुष र काठमाण्डौंका ३ पुरुष, भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २ महिला र २० पुरुष गरी २२ जना, कैलालीका १ पुरुष, नवलपरासी पुर्वका २ महिला र १९ पुरुष गरेर २१ जनामा संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा गुल्मीका ४ महिला र ८ पुरुष गरी १२ जना, कपिलवस्तुका २ महिला र ६ पुरुष गरी ८ जना, रौतहटका १ महिला र ४ पुरुष गरी ५ जना र सिन्धुलीका ३ पुरुष, वीर अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १ महिला र ४ पुरुष गरी ५ जना र सिन्धुलीका ३ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका १ महिला र १ पुरुष, लम्जुङका ६ पुरुष, प्रादेशिक जनस्वास्थ्य पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङका १ पुरुष, तनहुँका १ र स्याङजाका १ पुरुष रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ महिला र १ पुरुष, गुल्मीका २ महिला र ११ पुरुष गरी १३ जना, कपिलवस्तुका १ महिला र ३ पुरुष, पाल्पाका १ महिला र ७५ पुरुष गरी ७६ जना, नवलपरासीका १ पुरुष, रुपन्देहीका ४ महिला र २ पुरुष गरी ६ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १४ महिला र ६१ पुरुष गरी ७५ जना, प्युठानका २० पुरुष, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ५ पुरुष, जाजरकोटका २ पुरुष, मुगुका १ पुरुष, सल्यानका ३ पुरुष र सुर्खेतका ८ महिला र ४ पुरुष गरी १२ जना रहेका छन् भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा जुम्लाका १ महिला र २ पुरुष रहेका छन् ।

आज १०७ महिला र ४८६ पुरुष गरेर ५९३ जनामा संक्रमण पुष्टि भएको छ ।  आज थपिएका ५९३ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ११,७५५ पुगेको छ । जसमा महिला १,२४९ महिला र १०,५०६ पुरुष रहेका छन् । नेपालमा रसुवा जिल्ला बाहेक अन्य सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

सम्बन्धित समाचार

नेपालमा आज उपत्यकाका ९ सहित ४३४ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ११,१६२ पुग्यो

वि.सं.२०७७ असार १२ शुक्रवार १६:५९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...