back
CTIZAN AD

नेपालमा आज उपत्यकाका ९ सहित ४३४ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ११,१६२ पुग्यो

वि.सं.२०७७ असार ११ बिहीवार

954 

shares

११ असार, काठमाण्डौं । नेपालमा आज उपत्यकाका ८ सहित ४३४ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका आज सबैभन्दा बढी पाल्पामा १२२ जना, कन्चनपुरमा ५९ र रौतहटका ३८ जनामा संक्रमण पृष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १ र १ सुनसरीका १ पुरुष, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका ८ पुरुष र सुनसरीका २ महिला र २ पुरुष गरी ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा मोरङका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा धनुषाका ९, महोत्तरीका ५ पुरुष, सिराहाका १ महिला र १ पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ४ महिला र ९ पुरुष गरी १३ जना, बैतडीका १ पुरुष, बझाङका ३ महिला र १३ पुरुष गरी १६ जना, बाजुराका २ महिला र २ पुरुष गरी ४ जना, डडेल्धुराका १ महिला र ११ पुरुष गरी १२ जना, कैलालीका २ पुरुष, कन्चनपुरका ११ महिला र ४८ पुरुष गरी ५९ जना, रौतहटका ३८ पुरुष र सर्लाहीका ५ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ७ महिला र ८६ पुरुष गरी ९३ जना, किटजन्य अनुसन्धान तालिम केन्द्र हेटौडामा बाराका १ पुरुष, पाटन अस्पताल ललितपुरमा डोल्पाका १ पुरुष, काठमाण्डौंका २ महिला र २ पुरुष गरी ४ जना, ललितपुरका १ र सुनसरीका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै टिचिङ अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा भक्तपुरका १ महिला र ३ पुरुष गरी ४ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासीका १ महिला र ४ पुरुष गरी ५ जना, तनहुँका २ महिला र ७ पुरुष गरी ९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका २ पुरुष, म्याग्दीका १ महिला र ५ पुरुष गरी ६ जना, स्याङजाका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासीका ३ पुरुष, प्युठानका २ महिला र ५ पुरुष गरी ७ जना,पाल्पाका २८ पुरुष, रुपन्देशीका ४ महिला र ३ पुरुष गरी ७ जनामा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमपुर्वका १ पुरुष, बर्दियाका १ महिला र ५ पुरुष गरी ६ जना, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका १, बझाङका २, बाँकेका १ पुरुष दैलेखका १ महिला र १७ पुरुष गरी १८ जना, दार्चुलाका १ पुरुष, धादिङ, इलाम, जुम्ला, कैलाली, १÷१ पुरुष, कालिकोटका १ महिला र २ पुरुष गरी ३ जना, कास्कीका १ पुरुष, लम्जुङका १ पुरुष, सल्यानका १ र सुर्खेतका १३ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा बैतडीका १, बाजुराका ४, बाँकेका ३ पुरुष, दैलेखका १ महिला, दाङका १ पुरुष, धादिङका १, गोर्खाका २, गुल्मीका १, इलामका १, जुम्लाका १, कन्चनपुरका १, खोटाङका १, लम्जुङका १, ओखलढुंगाका २, पाल्पाका १, रामेछापका २ र ताप्लेजुङका ३ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

आज ४८ जना महिला र ३८६ पुरुष गरी जम्मा ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ४३४ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । जसमा महिला १ हजार १४२ जना महिला र १० हजार २० जना पुरुष रहेका छन् ।

नेपालमा आज ६२९ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १०,७२८ पुग्यो

वि.सं.२०७७ असार ११ बिहीवार १७:०२ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...