
काठमाडौं । कोरोना माहामारीले निम्त्याएको संकटका बेला विदेशबाट फर्किंदैं गरेका नेपालीलाई न्यानो स्वागत गर्न महानायक राजेश हमालले अपिल गरेका छन् । भिडियो सन्देश जारी गर्दै हमालले घर फर्किनेलाई सहयोग गर्दै हौसला बढाउनु पर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत हमालले भनेका छन्, ‘हरेक दिन हजारौ हजार हाम्रा नेपाली दाजूभाई दिदीबैनिहरू आफ्नो घर फर्किदैछन्। आउनुहोस् उहॉहरूलाई न्यानो स्वागत गरौ नमस्तेकासाथ ।’
कवितात्मक शैलीमा प्रस्तुत भिडियो सन्देश युनिलिभिर र युनिसेफले तयार गरेको हो । भिडियो सन्देशमा कोरोनाबाट जोगिन अपनाउनु पर्ने सावधानीबारे पनि जानकारी गराइएको छ ।
यस्तो छ हमालको भिडियो सन्देश