back
CTIZAN AD

प्रथम भिसी कुलवीर थापाको शालिक निर्माणका लागि ७६ हजार पाउण्डको प्रतिवद्धता

वि.सं.२०७७ असार ११ बिहीवार

828 

shares

११ असार, लण्डन । बेलायतको मिनी नेपाल मानिने अल्डरसटमा बन्न लागेको प्रथम भिक्टोरिया क्रस (भीसी) विजेता गोरखा सैनिक कुलवीर थापामगरको शालिक निर्माणको लागि नेपाली समुदायबाट ७६ हजार पाउण्ड बढी रकÞम प्रतिवद्धता व्यक्त भएको छ ।

शालिक निर्माणका लागि करिब १ लाख २५ हजार पाउण्ड लागत लाग्ने अनुमान गरिएकोमा छोटो समयमै आधा भन्दा धेरै रकमको बेलायतको पुर्वगोर्खा तथा नेपाली संघसस्थाहरू र ब्यक्तिगतरूपमा प्रतिवद्धता प्राप्त भएको गोरखा मेमोरियल प्रोजेक्टका प्रवक्ता ओमप्रसाद थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार हालसम्म प्रोजेक्टको खातामा २८ हजार पाउण्ड जम्मा भइसकेको छ ।

नेपाल–बेलायत सम्बन्धको सेतुका रुपमा रहेका गोरखाहरुको योगदानका बारेमा बेलायतका नेपालीको आगामी पुस्तालाई जानकारी दिन प्रतीकस्वरुप सो शालिक निर्माण गर्न लागिएको थापाले बताए ।

शालिक राख्नका लागि स्थानीय ग्रेटर रसमुर नेपलिज कम्युनिटीले सन् २०१५ देखि काउन्सिलसित अनुरोध गर्दै आएकोमा गत बर्ष रसमुर काउन्सिलले अनुमति दिएको थियो ।

काउन्सिलले अल्डरसट हाइस्ट्रिटको प्रिन्सेस गार्डेनमा सो शालिक राख्ने अनुमति दिएको हो । लगतै ग्रेटर रशमोर नेपाली कम्यूनिटीले यस कार्यको निम्ती एक कार्यदल गठन गरी संस्थाका सल्लाहकार मेजर रिटायर खिमप्रसाद गौचनको सयोजकत्वमा प्रोजेक्ट टिम तयार पारेको थियो ।

जस्मा सस्थाका अध्यक्ष रामधन राई र सहासचिव प्रमिला राई, प्रोजेक्ट मेनेजरमा क्याप्टेन रि. ग्यारी घले, सयोजकमा उनै खिम गौचन, सहसयोजक सस्थाका पूर्वउपाध्यक्ष सेर सुनार, प्रवक्ता पूर्वअध्यक्ष ओम थापा काउचा, कोषाध्यक्ष टोप पल्ली, सहकोषाध्यक्ष क्याप्टेन रि. ताम ढेगा रहेका छन् ।

त्यस्तै लोकल काउन्सिलसँग सहकार्य संयोजनका लागि संस्थाका उपाध्यक्ष नेम थापा, मिडीयामा निबर्तमान अध्यक्ष जिव वेलवासी र सदस्यहरूमा संस्थाका उपाध्यक्षहरू रन्जीता मल्ल, मान गुरूङ, मैया केसी, संस्थाका सल्लाहकारहरू क्याप्टेन रि महेन्द्र लिम्बु, क्याप्टेन रि. राजेन्द्रनगर गुरूङ, क्याप्टेन रि राजु गुरूङ, क्याप्टेन रि बिर थापा गाहामगर क्याप्टेन रि बिष्णु श्रेष्ठ, मगरसंघ युकेका बर्तमान अध्यक्ष लेप्टन रि सुनिल रानामगर, श्रीमती हेमा रानामगर, बिर बलाल रहेका छन् ।

बिषेस यस प्रोजेक्टका प्रमुख सल्लाहकारमा जती पनि सभिस्ड ब्रिगेड अफ गोर्खाजहरू र ब्रिगेड एसोसिएसनको जिम्मेवार संयोजनको निम्ती मेजर रि मनीकुमार राई एमबिइ रहेको सक्रिय टिम तिब्र रूपमा यस प्रोजेक्टका लागि, लागिपरेको पनि प्रवक्ता थापाले जानकारी दिएका छन् ।

साथै शालिक निर्माणपछि काउन्सिलले सो क्षेत्रको सुरक्षाका साथसाथै शालिकको मर्मतसम्भार र हरेक वर्ष परेडसमेत आयोजना गर्ने आश्वासन दिएको पनि थापाले जानकारी दिए । तर शालिक बनाउन लाग्ने खर्च भने बेलायतका नेपाली समुदायबाटै उठाइने उनले बताए । ‘यो बेलायतबासी नेपालीहरुको लागि गौरवको योजना हो । त्यसैले नेपालीहरुबाटै बाँकी पैसा उठ्ने पूर्ण विश्वास छ ।’

गत फेब्रअरीदेखि मात्र काम शुरु गरेको प्रोजेक्टले कोरोनाको महामारीकै बीच करिब २५ हजार पाउण्ड संकलन गरिसकेको छ । १ हजार पाउण्डभन्दा माथि चन्दा दिनेहरुको नाम शालिकसँगैको शिलालेखमा राखिने भएपछि यस्तो ऐतिहासिक काममा सरिक हुन नेपाली संघसंस्था र समाजसेवी व्यवसायीहरुले जागरुकता देखाएका छन् ।

प्रोजेक्टले एकैपटक चन्दा दिन असमर्थहरुका लागि छ महिनामा किस्ता गरेर तिर्न सकिने पनि बताएको छ ।

प्रोजेक्टको मुख्य कार्यका रुपमा रहेको मूर्ति निर्माणका लागि आर्ट काउन्सिलबाट स्वीकृति मिलिसकेका रे प्रतिष्ठित कलाकार एमी गुडम्यानले भिसी कुलवीर थापाको मूर्ति बनाउने जिम्मा पाएकी छन् । साथै पूर्ण सम्झौता पत्र यस प्रोजेक्ट टिमको जुम बैठकबाट पारित गरी निर्माण कन्ट्याक दुबै पक्षबाट पेपरमा हस्ताक्षर गरी आउदो जुलाई महिनाको पहिलो हप्ताबाट काम सुरू गरी ६ महिनाभित्र तयारी गर्ने सम्झौता भईसकेको पनि थापाले जानकारी दिए । साथै पूर्ण कदको उक्त मूर्ति बनाउन करिब ६६ हजार पाउण्ड लाग्ने बताइएको छ ।

प्रशस्त चन्दा संकलन भएमा शालिकसँगै चौतारा बनाउने योजना रहेको तथा भिसी कुलवीर थापाको संक्षिप्त जीवनी लेखिने र शहीद चन्दादाताहरुको नामावली पनि शालिकको मुनि लिपीबद्ध गरीने छ ।

‘बेलायतका सबै नेपालीले गर्व गर्ने यो योजनामा बेलायतमा रहेका सबै संघसंस्था र व्यक्तिहरु सहभागी हुन अनुरोध गर्दछु ।’ थापाले भनेको छन् ।

वि.सं.२०७७ असार ११ बिहीवार १५:५८ मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

चीनतर्फको पहिरोले भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

चीनतर्फको पहिरोले भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

सिन्धुपाल्चोकको चीनसँगको सीमावर्ती क्षेत्र न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...