back
CTIZAN AD

एनआरएनए युकेको सहयोगमा युकेबाट १ सय ४६ नेपाली फर्किए

वि.सं.२०७७ असार ११ बिहीवार

795 

shares

११ असार, लन्डन । कोरोना महामारीका कारण बेलायतमा अडकिएका १ सय ४६ जना बुधबार नेपाल फर्किएका छन् । उनीहरु बिगत ४ महिनादेखि नेपाल जान पाएका थिएनन् । १ सय ४६ जना नेपाली अहिले लन्डनको गेटविक एयरपोर्टबाट जजिरा एयरलाइन्समार्फत् नेपाल उडेको एरपोर्टबाटै गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले जानकारी दिइन् ।

उनीहरुको विदाइका लागि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी, नेपाली दुतावासका प्रवक्ता शरदराज आरणलगायतका टोली ग्याटवी विमानस्थल पुगेको थियो ।

उनीहरु यूके समय अनुसार बुधबार अपरान्ह २ बजेर ३० मिनेटमा उड्ने पूर्व तालिका भए पनि सुरक्षा जाँचलगायत कागजी प्रकृया पूरा गर्दा केही ढिला भएको थियो । यात्रुहरुको सहयोगका लागि नेपाली दुतावास लन्डनले विमानस्थलमै अस्थायी कन्सुलेट सेवा दिएको थियो । दुतावासले नेपाल जाने यात्रुको लागि आवश्यक भिषा, ट्राभल डकुमेन्टलगायतको सेवा विमानस्थलमै उपलब्ध गराएको छ ।

एनआरएन यूकेले नेपाली दूताबाससँगको सहकार्यमा लामो समयदेखि बेलायतमै अड्किएर बस्न बाध्य मेडिकल डक्टरहरु, पारिवारिक भेटघाटमा आएका अभिभावक तथा आफन्तको मृत्य तथा बिरामीजस्ता कारणले नेपाल जानैपर्ने बाध्यतामा परेकालाई पहिलो प्राथमिकताको राखेर नेपाल पठाइएको नेपाली दुतावास लन्डनले जनाएको छ ।

४ महिनासम्म लकडाउनपछि नेपाल जान पाएका सवै यात्रुहरु दंग परेर विमानस्थल पुगेका थिए । नेपाल उड्ने मध्येकै एक यात्री सुभाष दाहालले स्वास्थ्यको कारण नेपाल जानैपर्ने भएकाले एनआरएन यूकेको पहलमा नेपाल जान पाएकोमा खुसी ब्यक्त गरे ।

उनले एनआरएन यूकेले यसरी अभिभावकको रुपमा रेखदेख, खानपिन र स्वास्थ्य लगायतको सहयोग गरेकोमा प्रशन्नता प्रकट गरे । नेपाल फर्किने यात्रुको व्यवस्थापनको जिम्मा लिएका एनआरएन यूकेका सल्लाहकार तथा क्याट यूकेका अध्यक्ष जीवन सेनले पहिलो फ्लाइट पठाउन सफल भएकोमा एनआरएनए युके र नेपाली दुतावास लण्डनलाई धन्यवाद दिए ।

वि.सं.२०७७ असार ११ बिहीवार १५:२६ मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...