११ असार, काठमाडौं । जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले कोरोना संकटका बेला नेता तथा सांसदले देखाएको व्यवहार अत्यन्तै गलत भएको टिप्पणी गरेका छन् । उनले कोरोना माहामारीले निम्त्याएको संकटका बेला नेता तथा सांसदले अनावश्यक राष्ट्रवाद देखाएर छिमेकी देशसँग विवाद नित्याएको आरोप लगाएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सबै नेपालीको अवस्था राष्ट्रवादको लुतोले सताएजस्तो भएको टिप्पणी गरेका छन् । अल्वर्ट आइन्स्टाइनको भनाईलाई उदृत गर्दै भट्टराईले राष्ट्रवाद मानवजातिको दादुरा रोग भएको बताएका छन् ।
Einsteinले भनेका थिए-Nationalism is an infantile disease. It is the measles of mankind.हामी नेपालीलाई यतिवेला त्यही लुतोले सताए जस्तो छ!कोरोना/भोकले जनता त्राहीमाम छ!सांसद/नेता भारत/चीन/अमेरिकासंग पालैपालो पाखुरा सुर्केर बहादुरी देखाइरहेछन्!रोग/भोकले बाँचे अरूसंग पछि लड्दा हुन्न?
— Baburam Bhattarai (@brb1954) June 25, 2020
भट्टराईले भारत, चीन र अमेरिकासँग पाखुरा सुर्केर बहादुरी नहुने पनि तर्क गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले कोरोनाले निम्त्याएको संकटलाई हल गर्नतर्फ सबैको ध्यान जानुपर्ने उल्लेख गरेका छन् ।
सबैको ध्यान कोरोना र भोकले निम्तिएको त्रासलाई सम्बोधन गर्नुमा हुनुपर्ने उनको भनाई छ ।
वि.सं.२०७७ असार ११ बिहीवार १५:१३ मा प्रकाशित






























