-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

उद्धारका नाममा व्यापार गरिएको भन्दै कुवेतबाट एनआरएनएसहित २९ संघसंस्थाको आपत्ति



११ असार, कुवेत । गैरआवासीय नेपाली संघ कुवेत लगायत कुवेतमा सक्रिय रहेका नेपाली संघसंस्थाले कोरोनाबाट प्रभावित कुवेतका नेपालीहरुको उद्धारको नाममा व्यापार गरेको भन्दै आपत्ति जनाएका छन् ।

सरकारले कुवेतबाट नेपाल जानका लागि एकतर्फि भाडा ४१० डलर तोकेको कारण कोरोनाबाट प्रभावित नेपालीहरु देश फर्कन समस्या परिरहेको पनि उनीहरुले ठहर गरेका छन् ।

आम माफी पाएका तथा कोरोना प्रभावित नेपालीलाई देश फर्काउनका लागि दूतावाससँग समन्वय गरेर काम गरेका संघसंस्थाले यसअघि भाडादर बढी भएकोमा पटक–पटक दूतावासको ध्यानाकर्षण गराउँदै आएपनि दूतावासले यसमा चासो नदिएको गुनासो समेत गरेका छन् ।

‘अत्यन्तै अप्ठेरोमा परेकालाई स्वदेश फिर्तीका निम्ति सरकारले तोकेको उच्च भाडादर घटाउन पटक-पटक पहल भएको यहाँलाई थाहै छ । तर कुवेत–काठमाण्डौंका लागि एकतर्फी भाडा ४१० डलर भाडादर तोकेको दरमा पीडित कामदारलाई फर्कन अप्ठेरो पर्न थालेको जानकारी आउन थालेको छ ।’ सबै संघसंस्थाका प्रतिनिधिद्धारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा भनिएको छ ।

समस्यामा परेका नेपाली नेपाल एयरलाईन्स र हिमालयन एयरलाईन्सले तोकेकोमहँगो भाडादरमा नेपाल फर्कन बाध्य भएको बताउँदै उद्धारको नाममा गरिएको व्यापारले पीडितको घाउँमाथि नुनचुक छर्कने काम भएको भन्दै आपत्ति जनाएका छन् ।

उनीहरुले आममाफी पाएकालाई सेल्टरसम्म पुर्याउन, समस्यामा पीडितका लागि राहत तथा उद्धारमा एनआरएनए कुवेत लगायतका नेपाली संघसंस्थाले आफ्नो जिन्दगीलाई दाउमा राखेर नेपाली कामदारको सेवा जुटेको बताउँदै भनेका छन्, ‘तर हवाई टिकट सहुलियत गराउनका लागि दूतावासले समन्वय र सहकार्य गर्न जरुरी ठानेन । महामारी भन्दा अघिका समयमा कुवेत–काठमाण्डौं नियमित उडान भर्ने जहाजहरु हुँदाहुँदै महामारीबाट पीडित भएकालाई उद्धार गरेर सहुलियत भाडादरमा उडाउन कुनै प्रयास गरिएन ।’

समस्यामा परेका नेपाली नेपाल एयरलाईन्स र हिमालयन एयरलाईन्सले तोकेकोमहँगो भाडादरमा नेपाल फर्कन बाध्य भएको बताउँदै उद्धारको नाममा गरिएको व्यापारले पीडितको घाउँमाथि नुनचुक छर्कने काम भएको भन्दै आपत्ति जनाएका छन् ।

संघ लगायतका कुवेतमा सक्रिय रहेका संघसंस्थाहरुले संयुक्तरुपमा अनुरोध गर्दै रोजगारी गुमाई लामो समयदेखि तलब नपाएका, थोरै तलबमा काम गरेका र बिरामीहरुले नेपाल सरकारले तोकेको ४१० अमेरिकी डलरमा टिकट किन्न नसक्ने हुँदा प्रतिश्प्रर्धाका आधारमा सस्तो दरमा नेपाल लैजान सक्ने हवाई कम्पनी छनौट गर्न अनुरोध समेत गरेको छ ।

त्यसैगरी लामो समयदेखि विरामी अवस्थामा रहेका श्रमिक, महामारीका कारण कम्पनी बन्द भएर तलब नै नपाएर अप्ठेरोमा परेकाहरु स्वयम् टिकट काटेर स्वदेश फर्कन नसक्नेका लागि अवस्था हेरेर बैदेशिक रोजगार बोर्डकोे कल्याणकारी कोषबाट खर्च हुने गरी उद्धार गर्न समेत अनुरोध गर्दै नेपाली दूतावास कुवेतको ध्यानाकर्षण समेत गरेका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं