back
CTIZAN AD

सावधान ! लोकप्रिय ‘बेसारे फोटो एप’ हुनसक्छ खतरा

वि.सं.२०७७ असार ११ बिहीवार

1.3K 

shares

काठमाडौं । बुधबार बिहानै पूर्वपत्रकार एंव साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफ्नो फेसबुकको प्रोफाइल फोटो परिवर्तन गर्दै लेखे ‘युवामा विद्रोहको संकेत देखियो’ । उनले अहिले सामाजिक सञ्जालमा ट्रेण्डमा रहेको ‘बेसारे फोटो’लाई आफ्नो प्रोफाइल फोटो बनाएका थिए । मिश्रले सामाजिक सञ्जालमा बेसारे फोटोसहित लेखेका छन्, ‘सामाजिक सञ्जालमा फैलिरहेको यो सौम्य, सुन्दर बेसारे रङ्गमा आजका युवाको विद्रोहको आवाज, आक्रोश र भविष्यको आकांक्षा पोतिएको छ भन्दा फरक नपर्ला। तपाईंलाई के लाग्छ ?’

मिश्र मात्रै नभई राजनीतिक तहका उच्च नेतादेखि बुद्धिजिवि मानिएका अनि पत्रकारितामा गनिएकाले पनि बेसारे फोटो शेयर गरेका छन् । बेसारे फोटोप्रति चर्चित कलाकारदेखि समाजका चर्चित हस्ति पनि लोभिएका छन् ।

प्रधानमन्त्री केपि शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले पनि आफ्नो फेसबुक पेजमा बेसारे फोटो शेयर गरेका छन् । उनले आफ्नो फोटोमा धेरैको प्रतिक्रिया पनि पाएका छन् ।

गत बिहिबार राष्ट्रिय सभामा प्रधानमन्त्री केपि शर्मा ओलीले कोरोना भाइरसको उपचारमा बेसारको महत्वलाई उल्लेख गर्दै दिएको अभिव्यक्ति निकै चर्चामा रह्यो । प्रधानमन्त्रीको बेसारे अभिव्यक्तिसँगै नेपालमा बेसारे फोटोको चर्चा भएको हो ।

प्रधानमन्त्रीको अभिव्यक्ति पछि नेपालमा ‘बेसारे फोटो’ को चर्चा

गत बिहिबार राष्ट्रिय सभामा प्रधानमन्त्री केपि शर्मा ओलीले कोरोना भाइरसको उपचारमा बेसारको महत्वलाई उल्लेख गर्दै दिएको अभिव्यक्ति निकै चर्चामा रह्यो । प्रधानमन्त्रीको बेसारे अभिव्यक्तिसँगै नेपालमा बेसारे फोटोको चर्चा भएको हो ।

बेसारे फोटोमार्फत अहिले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई व्यंग्यात्मक ढंगले विरोध गरिएको छ । कतिपयले फोटो अभियानलाई विद्रोहको रुपमा समेत टिप्पणी गरेका छन् ।

युवा नेताहरु लोभिए बेसारे फोटोमा

अहिले सामाजिक सञ्जालमा ‘फोटो ल्याब पिक्चर इडिटर’ नामक मोबाइल एपको पहेंलो तस्बिर शेयर गर्दै ‘बेसारे फोटो अभियान’ भनेर अभियान नै चलाइएको छ । विशेष गरि युवा नेताहरुले यस्तो फोटोलाई रोचक मान्दै शेयर गरेका छन् । सत्तारुढ पार्टीका युवा संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले पनि बेसारे फोटोलाई शेयर गर्दै ‘सोसाईटिमा उपस्थिति जनाईयो !’ भनि प्रतिक्रिया दिएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवको जिम्मेवारीमा रहेकी गंगा दाहालले पनि बेसारे फोटो शेयर गरेकी छिन् । चर्चित नेतृ रामकुमारी झार्की, नविना लामा र बलावती शर्मालगायतले पनि बेसारे फोटो शेयर गरेका छन् । बेसारे फोटोको समुहमा युवा नेता ठाकुर गैह्रै पनि सहभागी भएका छन् ।

के हो ‘बेसारे फोटो’ ?

बेसारे फोटो रसियन मोबाइल एप डेभलपर कम्पनी लिनाकर इन्भेस्टमेन्ट कम्पनी लिमिटेड नामको कम्पनीले तयार गरेको ‘फोटो ल्याब पिक्चर इडिटर’ नामको एपमार्फत तयार हुन्छ । यो एप सन् २०१० को अन्तिम साता सार्वजनिक भएको थियो ।

फोटो ल्याब एप लिनाकर कम्पनीको सबैभन्दा चर्चित एप हो । हालसम्म यस एपलाई विश्वभर १० करोडभन्दा बढि प्रयोगकर्ताले डाउनलोड गरेका छन् । सजिलोसँग फोटोलाई इडिट गर्न मिल्ने र उच्च गुणस्तरमा इच्छाअनुसार फोटो परिवर्तन गर्न मिल्ने भएका कारण यस एप लोकप्रिय बन्दै गएको हो ।

एपमा सजिलोसँग पेन्ट फोटो तयार गर्न मिल्छ । एपमा ९ सयभन्दा बढि तरिकाले फोटोलाई इडिट गर्न मिल्ने सुविधा छ ।

दक्षिण एसियाली देशमा लोकप्रिय बन्दै

अहिले फोटो ल्याब पिक्चर इडिटर मोबाइल एप दक्षिण एसियाली देशहरु नेपाल, भारत, पाकिस्तान र बंगालादेशमा लोकप्रिय छ । यस मोबाइल एपका सबैभन्दा बढि प्रयोगकर्ता एसियाली देशका नै हुन् । युरोपेली देश अष्ट्रिया, फ्रान्स र जर्मनलगायतका देशमा पनि यो एप टप ट्रेण्डमा छ ।

सन् २०१० को डिसेम्बरमा सार्वजनिक भएको यस एपलाई कतिपय देशले भने प्रयोगमा प्रतिबन्धसमेत लगाएका छन् । दक्षिण अमेरिकाका कतिपय देशमा यस एपलाई सुरक्षा खतरासँग जोडेर प्रतिबन्ध लगाइएको छ । बंगालादेशमा पनि यस एपलाई प्रतिबन्ध लगाउने बारेमा बहस हुँदैछ ।

रसियन कम्पनी लिनाकर इन्भेस्टमेन्ट लिमिटेड पटक–पटक अमेरिकी गुप्तचर संस्था सिआइएसँग जोडिएर आउने गरेको छ। फोटो एपमार्फत व्यक्तिका महत्वपूर्णं सूचना सिआइएलाई शेयर गरेको आरोप कम्पनीमाथि छ । हालै मात्र लिनाकरको मोबाइल फोटो ल्याब एपमाथि बंगालादेशमा प्रतिबन्ध लगाउनेबारे कुरा उठेको थियो ।

कम्पनीमाथि अमेरिकी गुप्तचरसँग डाटा शेयर गरेको आरोप

रसियन कम्पनी लिनाकर इन्भेस्टमेन्ट लिमिटेड पटक–पटक अमेरिकी गुप्तचर संस्था सिआइएसँग जोडिएर आउने गर्दछ । फोटो एपमार्फत व्यक्तिका महत्वपूर्णं सूचना सिआइएलाई शेयर गरेको आरोप कम्पनीमाथि छ । हालै मात्र बंगालादेशको संसदमा समेत चर्चित फोटो ल्याब पिक्चर इडिटर एपको विषयमा गम्भिर विषय उठेको थियो ।

लिनाकरले आफ्नो मोबाइल एप फोटो ल्याब पिक्चर इडिटरमार्फत बंगालादेशी सरकार र नागरिकको महत्वपूर्णं सूचना सिआइएलाई बेचेको भन्दै बंगालादेशमा एपको प्रतिबन्ध लगाउन माग भएको थियो ।

बंगालादेशमा फोटो ल्याब एप विवादमा आएसँगै लिनाकर कम्पनीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आफ्नो एपमार्फत डाटा शेयर वा चोरी नभएको दाबी गरेको थियो । कम्पनीले आफ्नो कार्यालयसमेत अमेरिकामा नरहेको दाबी गर्दै समाचारहरु गलत भएको बताएको थियो ।

फोटो ल्याब एपले मोबाइलमा इन्स्टल गर्ने वित्तिकै सबै डाटाहरु सजिलैसँग लैजान सक्छ । व्यक्तिको फोटो मात्रै नभई भएको सबै फाईल सजिलैसँग कम्पनीको डाटामा शेयर हुन्छ । एपमा डाटा शेयर नगरेको खण्डमा एपबाट कुनै पनि फोटो इडिट गर्न सकिँदैन् ।

सावधान ! फोटो एप हुनसक्छ खतरा

धेरै मोबाइल प्रयोगकर्ताले आफ्नो महत्वपूर्णं डाटा मोबाइलमा सेभ गर्ने गर्दछन् । कतिपयले आफ्नो नागरिकता, पार्सपोर्ट फोटो, बैंक खाता नम्बर, एटीएम कार्ड नम्बर, पिन कोड मात्रै नभई आफ्नो डिजिटल हस्ताक्षर लगायतका महत्वपूर्णं डकुमेन्टसमेत मोबाइलमा राख्ने गर्दछन् ।

फोटो ल्याब एपले मोबाइलमा इन्स्टल गर्ने वित्तिकै सबै डाटाहरु सजिलैसँग लैजान सक्छ । व्यक्तिको फोटो मात्रै नभई भएको सबै फाईल सजिलैसँग कम्पनीको डाटामा शेयर हुन्छ । एपमा डाटा शेयर नगरेको खण्डमा एपबाट कुनै पनि फोटो इडिट गर्न सकिँदैन् ।

यस्तो तपाईं आफ्नो डाटालाई सुरक्षित गर्न फोटो ल्याब पिक्चर इडिटर प्रयोग गर्ने वा नगर्ने आफैं सोंच्न सक्नुहुन्छ । सबैभन्दा महत्वपूर्णं कुरा उच्च ओहोदामा भएका र महत्वपूर्णं जिम्मेवारी सम्हाल्ने व्यक्तिको लागि सुरक्षाको हिसाबले यो एप अत्यन्तै जोखिमपूर्णं देखिएको छ ।

वि.सं.२०७७ असार ११ बिहीवार १४:२५ मा प्रकाशित

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...