back
CTIZAN AD

ओली–प्रचण्ड भेटवार्ता, यी एजेण्डामा भयो छलफल

वि.सं.२०७७ असार ११ बिहीवार

675 

shares

११ असार, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहिबार दिउसो भेटवार्ता भएको छ । अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

स्थायी कमिटी बैठकमा चर्काचर्कीमा उत्रिएका अध्यक्षद्वयबीच आगामी बैठकका एजेण्डाबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । स्थायी कमिटी बैठकमा अप्ठयारोमा परेका ओलीले आगामी बैठकका एजेण्डाबारे अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका हुन् ।

बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा पार्टी एकता, सरकारको कामको समिक्षा, एमसीसी, सीमा समस्यालगायतका एजेण्डा छन् । शुक्रबार पुनः बस्ने बैठकमा सरकार र पार्टीको कामकारबाहीबारे कडा बहस हुने देखिन्छ ।

शुक्रबारको बैठक सरकार र पार्टीको नेतृत्व सम्हाल्दै आएका ओलीमाथि निकै प्रश्नहरु पेचिलो ढंगले आउने सम्भावना छ । कोरोना संकटकै बीच अप्रत्यासित दुई अध्यादेश ल्याएसँगै पार्टीभित्र चर्किएको विवादका कारण ओली एक्लींदै गएका छन् ।

पछिल्लो समय एमसीसी अध्ययन कार्यदलको सुझाव विपरित एमसीसी पारित गराउन खोज्दा माधव नेपाल समुह र झलनाथ समुहमाथि ओलीमाथि खनिएको छ ।

वि.सं.२०७७ असार ११ बिहीवार १७:०३ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...