back

ओली–प्रचण्ड भेटवार्ता, यी एजेण्डामा भयो छलफल

वि.सं.२०७७ असार ११ बिहीवार

135 

shares
NTC AD
Global IME AD

११ असार, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहिबार दिउसो भेटवार्ता भएको छ । अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

स्थायी कमिटी बैठकमा चर्काचर्कीमा उत्रिएका अध्यक्षद्वयबीच आगामी बैठकका एजेण्डाबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । स्थायी कमिटी बैठकमा अप्ठयारोमा परेका ओलीले आगामी बैठकका एजेण्डाबारे अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका हुन् ।

बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा पार्टी एकता, सरकारको कामको समिक्षा, एमसीसी, सीमा समस्यालगायतका एजेण्डा छन् । शुक्रबार पुनः बस्ने बैठकमा सरकार र पार्टीको कामकारबाहीबारे कडा बहस हुने देखिन्छ ।

शुक्रबारको बैठक सरकार र पार्टीको नेतृत्व सम्हाल्दै आएका ओलीमाथि निकै प्रश्नहरु पेचिलो ढंगले आउने सम्भावना छ । कोरोना संकटकै बीच अप्रत्यासित दुई अध्यादेश ल्याएसँगै पार्टीभित्र चर्किएको विवादका कारण ओली एक्लींदै गएका छन् ।

पछिल्लो समय एमसीसी अध्ययन कार्यदलको सुझाव विपरित एमसीसी पारित गराउन खोज्दा माधव नेपाल समुह र झलनाथ समुहमाथि ओलीमाथि खनिएको छ ।

वि.सं.२०७७ असार ११ बिहीवार १७:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...