back
CTIZAN AD

नेपालमा आज कोेरोना संक्रमणबाट २ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या २६ पुग्यो

वि.सं.२०७७ असार ११ बिहीवार

744 

shares

११ असार, काठमाडौँ । नेपालमा आज कोरोना संक्रमणबाट  दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि हुनेमा स्याङजा आँधिखोला १ का ५५ वर्षीय पुरुष रहेका छन् ।

मधुमेह तथा श्वास प्रस्वासको समस्या भएका उनलाई फेवासिटी अस्पताल पोखरामा उपचारका लागि लगिएको थियो । त्यहाँ कोरोना पोजेटिभ देखिएपछि असार ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनको बुधबार (असार १० गते) राति ११ः३५ मा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै महालक्ष्मी नगरपालिका -५ ललितपुरका ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

पाँचमहिना अघि मानब अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरेका उनको कोखा दुखेका कारण पुनः सोहि अस्पतालमा उपचार गराउन गएका थिए । अस्पतालले भर्ना हुन भनेपछि नर्भिकमा भर्ना भएर उपचार गरेका उनलाई कोरोना परीक्षणका क्रममा पोजेटिभ देखिएपछि पाटन अस्पतालमा रिफर गरेर उपचार गरिएको थियो ।

उनको आज (विहिबार, असार ११ गते) बिहान ५ बजे पाटन अस्पतालको आइसीयुमा भेन्टिलेटरमा राखेर उपचार हुँदा हुँदै मृत्यु भएको हो । आज पुष्टि भएका २ सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

वि.सं.२०७७ असार ११ बिहीवार १७:५० मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...