
१० असार, काठमाण्डौं । नेपालमा आज ६२९ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका आज सबैभन्दा बढी कैलालीमा १५२ जना, कन्चनपरमा ८५ जना, दाङमा ७६ जना, डोटी ४८ जना, रौतहट ४४ जना, सर्लाहीमा २० र धनुषामा २० जना रहेका छन् ।
बीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १० पुरुष, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका १ पुरुष, झापाका १ पुरुष, मोरङका १ पुरुष, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका १ महिला र ५ पुरुष गरी ६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा धनु्षाका ३ महिला र १७ पुरुष गरी २० जना, महोत्तरीका २ महिला र १० पुरुष गरी १२ जना र सर्लाहीका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १० पुरुष, बैतडीका १ महिला ३ पुरुष गरी ४ जना, बाजुराका ७ पुरुष, डोटीका १० महिला र ३८ पुरुष गरी ४८ जना, कैलालीका ९ महिला र ३९ पुरुष गरी ४९ जना, कन्चनपुरका १६ महिला र ६९ पुरुष गरी ८५ जना, पर्वतका १ महिला र १ पुरुष, रौतहटका ९ महिला र ३५ पुरुष गरी ४४ जना र सर्लाहीका ५ महिला र १५ पुरुष गरी २० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा धादिङका २ पुरुष र काठमाण्डौंका १ पुरुष, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा गरिएको परीक्षणमा चितवनका १ र तनहुँका १ पुरुष, नवलपरासीपूर्वका ३ महिलामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा नवलपरासीपूर्वका २ पुरुष र पाल्पाका १४ पुरुष रहेका छन् । साथै पाटन अस्पताल ललितपुरमा भक्तपुरकी १ महिला, वीर अस्पतालमा गरिएको परीक्षणमा अछामका १ महिला र १२ पुरुष गरी १३ जनामा संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोर्खाका २ पुरुष, कास्कीका ४ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ९ पुरुष, गोर्खाका १ पुरुष, कास्कीका ३ महिला र २ पुरुष गरी ५ जना, लम्जुङका १ महिला र ४ पुरुष गरी ५ जना, पर्वतका १ महिला, स्याङजाका २ महिला र ५ पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ५ पुरुष, कपिलवस्तुका १ पुरुष, पाल्पाका १ पुरुष र रुपन्देहीका १ महिला, भेरी अस्पताल नेपालगन्जमा प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ९ जना र बर्दियाका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ६ महिला र ७० पुरुष गरी ७६ जना र प्युठानका १० पुरुष, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा जाजरकोटका १ पुरुष, सुर्खेतका २ महिला र ११ पुरुष गरी १४ जना, दैलेखका ४ पुरुष र कालिकोटका १ पुरुष, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका २९ महिला र ७४ पुरुष गरी १०३ जना, बाजुराका १ र कन्चनपुरका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
आज संक्रमण पुष्टि भएकामा महिला ११० र पुरुष ५१९ गरी जम्मा ६२९ जनामा संक्रमण पुष्टि भएको छ ।
आज पुष्टि भएका ६२९ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १०,७२८ पुगेको छ । साथै हालसम्म रसुवा बाहेक अन्य सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
आज ५३८ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १० हजार नाघ्यो