back
CTIZAN AD

आज ५३८ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १० हजार नाघ्यो

वि.सं.२०७७ असार ९ मंगलवार

783 

shares

९ असार, काठमाण्डौं । नेपालमा आज ५३८ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका ५३८ जनासँगै नेपालमा कोरोना संक्रमतिको संख्या १० हजार ९९ पुगेको छ ।

आज सबैभन्दा बढी प्युठानमा ५० जना, पाल्पामा ४८ जना, धनुषामा ३९ जना, कैलालीमा ३८ जना, गोर्खामा ३५ जना, सुर्खेतमा २३ जना, स्याङजामा २२ जना, पर्वतमा २२ जना, नवलपरासीपूर्वमा २२ जना र बाजुरामा २० जना रहेका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १ पुरुष, सप्तरीका २ पुरुष, सुनसरीका २ महिला र १ पुरुष, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका १ पुरुष, तेह्रथुमका २ पुरुष, झापाका ८ महिला र १ पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा झापाका १, मोरङका २ पुरुष, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १ महिला र १६ पुरुष गरी १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा महोत्तरीका १२ पुरुष, सप्तरीका ३ पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका २ महिला, अर्घाखाँचीका २ पुरुष, बाग्लुङका १ महिला र ५ पुरुष गरी ६ जना, बझाङका ३ महिला र १६ पुरुष गरी १९ जना, बाजुराका ११ महिला र ९ पुरुष गरी २० जना, डडेल्धुराका १ पुरुष, धादिङका १ महिला र १७ पुरुष गरी १८ जना, गोर्खाका ६ महिला र ७ पुरुष गरी १३ जना, गुल्मीका १ महिला र २ पुरुष गरी ३ जना, कैलालीका १ महिला र १५ पुरुष गरी १६ जना, कन्चनपुरका २ महिला र ७ पुरुष गरी ९ जना, कास्कीका ३ महिला र ४ पुरुष गरी ७ जना, नवलपरासीपूर्वका २ महिला र १९ पुरुष गरी २१ जना, पर्वतका ४ महिला र १७ पुरुष गरी २१ जना, प्युठानका ५ पुरुष, रौतहटका १ महिला र १२ पुरुष गरी १३ जना, रुपन्देहीका १, सर्लाहीका २ पुरुष, सिराहाका १ महिला र ६ पुरुष गरी ७ जना र स्याङजाका २ महिला र ७ पुरुष गरी ९ जना, तनहुँका १ पुरुष रहेका छन् ।

किटजन्य रोग अनुसन्धान प्रयोगशाला मकवानपुरमा गरिएको परीक्षणमा धनुषाका ३९ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोर्खाका २ महिला र ३ पुरुष गरी ५ जना, स्याङजाका १ महिला र ५ पुरुष गरी ६ जना, बाग्लुङका ८ पुरुष, गोर्खाका २ महिला र ९ पुरुष गरी ११ जना, कास्कीका १ पुरुष, लम्जुङका १ महिला र ४ पुरुष गरी ५ जना, नवलपरासीपूर्वका १ पुरुष, तनहुँका ७ पुरुष, स्याङजाका १ महिला र ६ पुरुष गरी ७ र पर्वतका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ पुरुष, पाल्पाका ४ महिला र ४४ पुरुष गरी ४८ जना, रुपन्देहीका २ पुरुष, प्युठानका १ महिला र ४४ पुरुष गरी ४५ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १९ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका ४ पुरुष, सुर्खेतका ८ महिला र १५ पुरुष गरी २३ जना, दैलेखका १ महिला र २ पुरुष र हुम्लाका १ महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कालिकोटका १ पुरुष, दैलेखका १ महिला र १८ पुरुष गरी १९ जना, सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामका २ महिला र ३ पुरुष, बझाङका २ महिला र १ पुरुष गरी ३ जना, डडेल्धुराका १ महिला र २ पुरुष गरी ३ जना, कैलालीका ६ महिला र १६ पुरुष गरी २२ जना र कन्चनपुरका ३ महिला र ५ पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।

आज ९० महिला र ४४८ पुरुष गरी जम्मा ५३८ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा १०,०९९ कोरोना संक्रमति भेटिएका छन् ।

नेपालमा आज ४२१ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ९०२६ पुग्यो

वि.सं.२०७७ असार ९ मंगलवार १७:०४ मा प्रकाशित

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका...

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो...