back
CTIZAN AD

नेपालमा आज ४२१ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ९०२६ पुग्यो

वि.सं.२०७७ असार ७ आइतवार

762 

shares

७ असार, काठमाण्डौं । नेपालमा आज ४२१ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका आज सबैभन्दा बढी अर्घाखाचीका ७४ जना, सिराहाका ५२ जना, डडेल्धुराका २७ जना, नवलपरासी पश्चिमका २७ जना, कैलालीका २४ जना, बाग्लुङका २१ जना, र प्युठानका २० जना रहेका छन् ।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका ३ महिला र ३ पुरुष गरी ६ जना, उदयपुरका १ महिला र ४ पुरुष गरी ५ जना, मोरङका १ महिला र १ पुरुष, सुनसरीका १ महिला र १ पुरुष रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा धनुषाका १ महिला र ७ पुरुष गरी ८ जना, महोत्तरीका २, सप्तरीका २ पुरुष रहेका छन् ।

नारायणी अस्पताल विरगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ३ पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अर्घाखाँचीका ६ महिला र १० पुरुष गरी १६ जना, डडेल्धुराका ३ महिला र ११ पुरुष गरी १४ जना, डोटीका २ महिला र १४ पुरुष गरी १६ जना, गुल्मीका १ महिला र ४ पुरुष गरी ५ जना, कैलालीका ३ पुरुष, कपिलवस्तुका ११ पुरुष, नवलपरासी पश्चिमका ५ महिला र १६ पुरुष गरी २१ जना र नुवाकोटका १ पुरुष, प्युठानका २ महिला र १८ पुरुष गरी २० जना, रामेछापका १ पुरुष, रुपन्देहीका १ पुरुष, सर्लाहीका १ महिला र ४ पुरुष गरी ५ जना, सिराहाका ४ महिला र ४८ पुरुष गरी ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ महिला र पाल्पाका २ पुरुष, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा अर्घाखाँचीका १० महिला र ३९ पुरुष गरी ४९ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाग्लुङका २, कास्कीका २, स्याङजाका २ महिला र ८ पुरुष गरी १० जना, बाग्लुङका २१ पुरुष, मुस्ताङका १ पुरुष, म्याग्दीका २ महिला र २ पुरुष गरी ४ जना, नवलपरासीपूर्वका २ पुरुष, पर्वतका २ पुरुष, तनहुँका १ महिला र ३ पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाचीका १ महिला र ८ पुरुष गरी ९ जना, गुल्मीका १ महिला र १ पुरुष, कपिलवस्तुका १ महिला र १३ पुरुष गरी १४ जना, नवलपरासी पश्चिमका १ पुरुष, पाल्पाका १ महिला र १ पुरुष, रुपन्देहीका १ पुरुष, भेरी अस्पताल नेपालगन्जमा प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १, बर्दियाका ३ पुरुष, रोल्पाका १ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १० पुरुष, रोल्पाका १ पुरुष, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १ महिला, सल्यानका ६ पुरुष, सुर्खेतका २ पुरुष, सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामका २ पुरुष बैतडीका १ महिला र १ पुरुष, बझाङका २ पुरुष, डडेल्धुराका ४ महिला र २३ पुरुष गरी २७ जना, डोटीका ४ महिला र ७ पुरुष गरी ११ जना, कैलालीका २ महिला र २२ पुरुष गरी २४ जना र कन्चनपुरका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

आज ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ६४ जना महिला र ३५७ जना पुरुष रहेका छन् । आज थपिएका ४२१ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०२६ पुगेको छ । जसमा महिला ८२० जना महिला र ८२०६ जना पुरुष रहेका छन् । आज मुस्ताङ थपिएसँगै संक्रमितका रहेका जिल्ला ७५ पुगेको छ ।

नेपालमा आज ३३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८,६०५ पुग्यो

वि.सं.२०७७ असार ७ आइतवार १६:५२ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...