back
CTIZAN AD

२१ वटा स्कुल भएको सिंङ्गो गाउँपलिकामा जम्मा ४२ शिक्षक

वि.सं.२०७७ असार ७ आइतवार

846 

shares

७ असार, काठमाडौं । सरकारले शिक्षा बजेटमा ठूलो रकम बिनियोजन गरे पनि बिद्यालयहरुमा शिक्षक पर्याप्त नहुँदा स्थानीय तहहरु समस्यामा परेका छन । यस्तै भएको छ दार्चुलाको अपिहिमाल गाउँपलिकमा । गाउँपलिकका अध्यक्ष धर्मानन्द सिंह मान्यालका अनुसार सो गाउँपलिकामा जम्मा २१ वटा स्कूल छन । २१ वटा स्कूल भए पनि शिक्षक दरबन्दि भने जम्मा ४२ मात्र छ । गाउँपलिकको चालु आर्थिक बर्षको बार्षिक बजेट नै जम्मा ५ करोड ९० लाख रहेकोमा सोहि बजेटबाट विद्यालय शैक्षिक सुधार कार्याक्रमको लागि मात्र १ करोड ५० लाख खर्च गरेर पालिकाले शिक्षक पनि नियुक्त गरेको अध्यक्ष मान्यालले बताए ।

‘केन्द्रिय सरकारले समपुरक अनुदानकोे नाममा केहि अनुदान त दिन्छ तर त्यो अनुदानले केहि पनि गर्न सकिंदैन’ मान्यालले भने ‘हामीलाई बन्यजन्तु आरक्षण र शिकार आरक्षणको राजश्व संकलन गर्न दिनु पर्छ ।’

संबिधानतः राज्यले आधारभुत शिक्षा अनिबार्य तथा निशुल्क र माध्यामिक शिक्षा निःशुल्क गर्नु पर्ने व्यवस्था छ । संघीय सरकारले चालु आबको शिक्षामा मात्र करिब १६३ अर्ब बजेट छुट्याएको थियो । तर पनि बिकटका स्थानिय तहहरुमा शिक्षामा बजेट कम हुँदा बालबालिकहरु पठनपाठनबाट बन्चित भैरहेको सरोकावालाहरुको भनाई छ ।

त्यस्तै बिकटका स्थानिय तहहरुमा बजेट कम हुने तर खर्च गर्नु पर्ने ठाउँहरु धेरै हुँदा समस्या परिरहेको मान्यालले बताएका छन । ‘कूल पूँजीगत बजेटको ९० प्रतिशत भन्दा बढी खर्च गरिएको भए पनि हामीलाई बजेट पुगिराखेको छैन’ मान्यालले भने ‘बाटोघाटो छैन जनतालाई सास्ति छ । संघीय सरकारले हामीलाई पर्याप्त बजेट दिनु पर्यो ।’

त्यति मात्र हैन दार्चुला लगायतका सामरिक महत्वका ठाउँमा संघीय सरकारले त्यहाँका जनतालाई उचीत ध्यान नदिदा भारतीय पक्षले सिमाना अतिक्रमण गर्ने गरेको पनि जानकारहरुले बताएका छन ।

वि.सं.२०७७ असार ७ आइतवार १६:३७ मा प्रकाशित

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...