Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

मैले नबुझेको कुरा, भावी पुस्ताले हामीबाट सिक्ने के हो ?



 देश छाड्ने बित्तिकै देशलाई सत्तो सराप गर्ने देखि मलाइ नेपाली मन पर्दैन, कसैसँग मेरो सम्पर्क छैन भन्नेहरु पनि यदाकदा भेटिन्छन् । यसमा कुनै गुनासो रहेन । देश छाड्नु बाध्यता छ । रोजगारी, अध्ययन, अवसर स्वदेशमा नभए पछि विदेश लाग्नु पाप कर्म होइन । विदेश पुग्ने बित्तिकै देशप्रेम, आफ्नो मौलिक संस्कार तथा राष्ट्रिय पहिचान त्याग गर्नु पर्छ भन्ने छैन ।

गाउँमा जन्मियो, गाउँमा नै हुर्कियो । स्कुल, घर, गोठ, पानी पँधेरो, खेत, बारी, डोको, डालो, नाम्लो, घाँस, पात यहि सिकियो । यहि जानियो । नियमित जे जे थियो, त्यहि बुझियो । हाम्रो सस्कारले जे सिकायो त्यहि सिकियो। बर्ष दिन कुरेर आउने दशैंमा लगाउन पाइने एक जोर नयाँ लुगाको महत्व अहिले सम्झदा शब्दमा बयान गर्न कहाँ सकिन्छ र ! सामान्यतया औसत नेपालीहरुको जीवनचर्या यस्तै थियो जस्तो लाग्छ । अहिले पनि दुरदराजका हामी जस्ता गाँउका नेपालीहरुको अवस्था करिब उस्तै छ । संचारको क्षेत्रमा धेरै बिकास भएको छ । सामाजिक संजालहरुको पहुँच बिस्तार भएको छ । खेतबारी गर्ने महिला तथा बृद्धहरुको हातमा समेत मोबाइल छ । बिदेसबाट अझ बिशेष गरि निम्न आयस्तर भएका ग्रामिण बस्तिहरुमा खाडीका देशहरुबाट आउने रेमिटेन्सको कारण केहि परिवर्तन भएको छ । चिनिया सस्तो उत्पादनको कारण परम्परागत पहिरनमा परिबर्तन आएको छ । शिक्षाले ल्याएको चेतनाका कारण मानिसहरुको सोच्ने तरिकामा धेरै परिबर्तन भएको छ । अरु धेरै कुरा भएको छ । काम, दाम र मामको निम्ति अहिले नेपालीहरु संसारको अनुभव गरिरहेका छन् । खाडीका देशहरु बाहेक पनि युरोप, अस्ट्रेलिया अमेरिकामा लाखौँ नेपालीहरु सपरिवार बस्छन् । कसैका बालबच्चा हुर्की सके, कसैका हुर्कने क्रममा छन् भने बिदेसमा जायजन्म हुने क्रम पनि रफ्तारमा अगाडी बढिरहेको छ ।

म पनि नेपालको सरकारी जागिर माया मारेर परदेशमा दुखजिलो गर्न लागेको झन्डै एक दशक हुन थालेछ । यो एक दशकको बीचमा केहि नयाँ अनुभूति, केहि जिज्ञाशा, केहि सिकाइ र भोगाइ अनि अलिअलि धर्म संस्कृतिका कुरा, रहन सहनका कुरा, खानपिनका कुरा यस्तै यस्तै तर्कनाहरु अनगिन्ति रहेका छन् । पहिला गाउँबाट शहर पसियो । शहर नयाँ थियो । घर अग्ला थिए ।अग्ला घरमा डेरा खोज्दै हिंड्नु पर्यो । गाउँ अँध्यारो थियो तर मानिस उज्याला थिए । शहर उज्यालो थियो तर मानिस अँध्यारा थिए । महिनौं साथमा एक पैसो पनि नहुँदा गाउँमा दैनिकी सहज थियो । जब शहर चाहियो अनि आबस्यक्ता बढेर मनग्गे हुन थाले । गाउँमा हतार थिएन । शहरमा मानिसहरुको दौडादौड थियो । फुर्सद कसैलाई छैन जस्तो ।

शहरकाले गाउँलेलाई पाखे भन्थे, बेला बखत उल्टो पारेर खेपा भन्थे । सार्वजनिक धारामा ग्यालेन लिएर पानी थाप्ने लाइनमा बस्दा छिछि र दुरदुर गर्थे । जागिरको समस्या थियो । भनसुन गर्ने ठाउँ थिएन ।आफन्त थिएनन । दैनिकी कष्टकर थियो । समयले बिस्तारै कोल्टे फेर्यो ।
चिनजान र सम्पर्क बढ्दै गयो । अब समयले गाउँ बिरानो र शहर आफन्त बनाउन थाल्यो ।

जब शहर आफन्त हुँदै गयो परिस्थिति झन् भिन्न भयो । बिदेस लागियो ,रहर भनौं कि बाध्यता । बिदेस पसेको केहि दिन पछिको एउटा घटना सम्झना आइ रहन्छ । पहिलो पटक डेनमार्कको फ़िस्केटोर्भ भन्ने सुपरमार्केटमा केहि किनमेल गर्ने भनेर घरका मास्टर संग सल्लाह भयो । पसल घुम्दै गर्ने क्रममा छोराले आमा ,आमा सुन्नुस त उ त्याहाँ अङ्कलहरुले नेपालीमा कुरा गरेको । फनक्क फर्केर पछाडी हेरेको २ जना भाइहरुले नेपालीमा कुरा गरेको सुनियो ।भर्खर नेपालबाट आएको घरका नेपालीहरु भन्दा अन्य संग भेटघाट हुने अवसर पनि जुटेको थिएन । सोध्न मन लाग्यो ।” तपाइंहरु नेपाली हो ?”  मेरो प्रश्न भुइंमा खस्न नपाउंदै एक जनाले प्रति प्रश्न गरे,” तपाईंहरुको अहिले सम्म कोहि नेपाली संग भेट भाको छैन ?” के भनम जस्तो भयो । अरु कुरा गर्ने मेरो चाहना हुँदा हुँदै उनीहरु सरासर बाटो लागे । त्यो दिन धेरै नमज्जा लाग्यो ।

परदेशको मामला नबुझेको, त्यहाँको भाषा नबुझेको,रहनसहन थाहा नभएको,कामको मेसो नपाएको एउटा नेपालीले अर्को नेपाली भेट्दा औधि खुशी लाग्दो रहेछ । तर किन अकस्मात भेट हुनेहरु यसरि तर्किन्छन, मलाइ बुझ्न गाह्रो भयो । समय बित्दै जाँदा यी कुराहरु पनि सामान्य लाग्न थाले । हरेकका बुझाइ आ-आफ्नै हुन्छन । देश छाड्ने बित्तिकै देशलाई सत्तो सराप गर्ने देखि मलाइ नेपाली मन पर्दैन,कसै संग मेरो सम्पर्क छैन भन्नेहरु पनि यदाकदा भेटिञ्छन । यसमा कुनै गुनासो रहेन । देश छाड्नु बाध्यता छ ।रोजगारी,अध्ययन ,अवसर स्वदेशमा नभए पछि विदेश लाग्नु पाप कर्म होइन । विदेश पुग्ने बित्तिकै देशप्रेम, आफ्नो मौलिक संस्कार तथा राष्ट्रिय पहिचान त्याग गर्नु पर्छ भन्ने छैन । अहिले संसार धेरै साँगुरो भै सकेछ ।विश्वभरका मानिस संग भेट हुन्छ । उनीहरुको आनीबानी पनि संगै हिंड्दा केहि बोल्दा, संगै खाँदा अनि संगै काम गर्दा धेरै कुरा थाहा हुन्छ । अरब तिरका मान्छेहरु युरोपमा धेरै रहेछन । पाकिस्तानीहरु पनि धेरै पहिला देखि यता छिरेका रहेछन ।

शिर देखि पाउसम्म कालो कपडाले ढाक्ने, हातमा कालो पन्जा लगाउने अनि आँखामा समेत पर्दा लगाएर हिंड्ने महिलाहरु बाटोमा देखिन्छन ।उनीहरु आ-आफ्नो रीतिरिवाजहरू नियमित पालन गरेको देखिन्छ । हामी नेपालीहरु भने देश छाड्ने बित्तिकै हातका चुरा देखि कपालको टोपी सम्म, नाकको फुली देखि पोते सम्म मिल्काउनै पर्ने अचम्मको आधुनिकतामा बाँचेका छौं । हरेक राष्ट्रको आफ्नो पहिचान हुन्छ । नागरिकका मौलिक रीतिरिवाजहरू हुन्छन । संसारको हरेक रितिरिवाजहरुलाई बिकसित देशहरुमा पनि सम्मान गर्ने चलन देखिन्छ । मुस्लिम धर्ममा जस्तो कडा नियमहरु पालना गर्नु पर्ने हिन्दुहरुमा छैन । धेरै खुकुलो र उदार छ हाम्रो नेपाली परम्परा । खुकुलो पनको अर्थ यो होइनकि हामीले आफ्नो जति सबै त्याग्नु पर्ने ।

मलाई अच्चम पार्ने एउटा कुरा के हो भने अमेरिका अस्ट्रेलिया वा अन्य बिकसित देशमा के छ थाहा भएन । युरोपमा भने मेरो अनुभूतिमा झन्डै ९५ प्रतिशत नेपाली महिलाहरुले टिका चुरा र फुली लगाउनु हुन्न। लगाउने ५प्रतिशत जति महिलालाइ पनि ए तपाइले त टिका लगाई रहनु हुन्छ है भनेर अलि असहज तरिकाले सोध्ने गरिन्छ। के युरोप आउदैमा सबै थोक छोड्न पर्ने हो र ? हो भने हामी भन्दा पहिला यहाँ कुरान पढ्ने, पढाउने अनि बुर्का हिजाब लगाउने मानिसहरु आएका हुन् तर तिनीहरुले टाउको छोप्न छाडेका छैनन। कुरान पढ्न पढाउन पनि छाडेका छैनन् । इन्डियाका सरदारहरुले आफ्नो पगरी फुकालेको देखिदैन। तर हामीले गौचरनबाट जहाज चढे पछि आफ्नो संकार, रितिरिवाज सबै थोक जहाजबाट समुन्द्रमा फाल्नु पर्ने हो र ? यस्तो गर्नु पर्ने कारण के हो ? के हामी आफ्नो रितिरिवाजमा गर्व गर्न सक्दैनौं ? के हामी संग गर्व गर्ने कुनै कुरा छैनन् ? भावी पुस्ताले हामीबाट सिक्ने के हो ? मैले नबुझेको कुरा ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा