back
CTIZAN AD

नेपालमा आज ३३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८,६०५ पुग्यो

वि.सं.२०७७ असार ६ शनिवार

843 

shares

६ असार, काठमाण्डौं । नेपालमा आज ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा बढी डोटीमा ६१ जना, पाल्पामा ३३ जना, महोत्तरीमा २४ जना र तनहुँमा २३ जनामा संक्रमण पुष्टि भएको छ । साथै आज भक्तपुरमा ७ र काठमाण्डौंमा १ गरी उपत्यकामा ८ जना संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका १ पुरुष, सुनसरीका २ महिला, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ८ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका २ महिला र २२ पुरुष गरी २४ जना, सर्लाहीका १ महिला र २ पुरुष गरी ३ जना र नारायणी अस्पताल वीरगन्जमा बाराका ३ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका १ महिला, बाग्लुङका १ महिला र १३ पुरुष गरी १४ जना, बैतडीका १८ जना पुरुष, गुल्मीका २ महिला र १६ पुरुष गरी १८ जना, डडेल्धुराका ५ महिला र ७ पुरुष गरी १२ जना, डोटीका ९ महिला र ५२ पुरुष गरी ६१ जना, कैलालीका १ पुरुष र काठमाण्डौंका १ महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै नवलपरासीपूर्वका ३ महिला र १४ पुरुष गरी १७ जना, नवलपरासी पश्चिमका १ पुरुष, पाल्पाका १ पुरुष, रामेछापका १ पुरुष र २ महिला गरी ३ जना, रौतहटका २ पुरुष, रुपन्देहीका १ पुरुष र सर्लाहीका ६ जना पुरुषमा पनि संंक्रमण पुष्टि भएको छ ।

श्ुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा धादिङका १ महिला र ७ पुरुष गरी ८ जना, पाल्पाका १ महिला १५ पुरुष गरी १६ जना र भक्तपुरका ७ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ४ पुरुष, स्याङजाका १ पुरुष, किटजन्य रोग तथा तालिम केन्द्र हेटौडाको प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका १ महिला र ४ पुरुष गरी ५ जना, टिचिङ अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा कैलालीका २ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परक्षिणमा बाग्लुङका ३ महिला र ३ पुरुष गरी ६ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा नवलपरासीपूर्वका ११ पुरुष, तनहुँका २३ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका ४ महिला र १२ पुरुष गरी १६ जना, भेरी अस्पताल नेपालगन्जमा बाँकेका २ महिला र १२ पुरुष गरी १४ जना, बर्दियाका ७ पुरुषमा पनि संक्रमण देखिएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा रुकुम पश्चिमका १ पुरुष, दाङका २ महिला र २ पुरुष गरी ४ जना र प्युठानका ८ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

आज ४९ जना महिला र २८२ पुरुष गरी जम्मा ३३१ जनामा संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएका ३३१ जनासँगै नेपालमा शनिबार सम्म ८,६०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा पुरुष ७,८४९ जना र महिला ७५६ जना रहेका छन् । हालसम्म ७४ जिल्लामा संक्रमित भेटिएका छन् ।

वि.सं.२०७७ असार ६ शनिवार १६:५७ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...