back
CTIZAN AD

अङ्गुरबाबा जोशीको निधन

वि.सं.२०७७ असार ६ शनिवार

1K 

shares

६ असार, काठमाडौँ । अग्रज शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ ।

तीन साताअघि छातीमा संक्रमण देखिएपछि बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत जोशीको आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

जोशीको १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएको थियो । शल्यक्रियामा क्यान्सर लागेको भाग काटेर फाल्दा उनको अनुहार बाङ्गिएको थियो । त्यसपछि उनलाई स्तनको क्यान्सर भएको थियो।

अङ्गुरबाबाको जन्म् बाबु पीताम्बरप्रसाद पन्त र माता दीपकुमारी पन्तको कोखबाट १५ अगस्ट १९३२ मा डिल्लीबजार, काठमाडौँमा भएको हो। उनी क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला हुन्। पद्मकन्या कलेजमा अध्यापन गर्न शुरू गरेकी उनले १८ वर्षको सेवा कालमा १२ वर्ष क्याम्पस प्रमुखको रुपमा काम गरेकी थिइन्। शिक्षा क्षेत्र र समाजसेवामा उनको ठुलो योगदान रही आएको छ ।

वि.सं.२०७७ असार ६ शनिवार १७:१३ मा प्रकाशित

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...