
६ असार, काठमाडौँ । अग्रज शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ ।
तीन साताअघि छातीमा संक्रमण देखिएपछि बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत जोशीको आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
जोशीको १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएको थियो । शल्यक्रियामा क्यान्सर लागेको भाग काटेर फाल्दा उनको अनुहार बाङ्गिएको थियो । त्यसपछि उनलाई स्तनको क्यान्सर भएको थियो।
अङ्गुरबाबाको जन्म् बाबु पीताम्बरप्रसाद पन्त र माता दीपकुमारी पन्तको कोखबाट १५ अगस्ट १९३२ मा डिल्लीबजार, काठमाडौँमा भएको हो। उनी क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला हुन्। पद्मकन्या कलेजमा अध्यापन गर्न शुरू गरेकी उनले १८ वर्षको सेवा कालमा १२ वर्ष क्याम्पस प्रमुखको रुपमा काम गरेकी थिइन्। शिक्षा क्षेत्र र समाजसेवामा उनको ठुलो योगदान रही आएको छ ।