back
CTIZAN AD

नेपालमा आज १५८ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १५७८ पुग्यो

वि.सं.२०७७ असार ६ शनिवार

906 

shares

६ असार, काठमाण्डौं । नेपालमा शनिबार १५८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्न्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको भएर घर फर्किनेमा सिराहा अस्पतालबाट २६ पुरुष, बाँकेमा रहेको आइसोलेशन सेन्टरबाट ४१ जना पुरुष, सुशील कोइराला क्यान्सर प्रखर अस्पतालबाट ३ महिला र १० पुरुष गरी १३ जना, कोशी अस्पतालबाट मोरङका १ महिला र १ पुरुष, खोटाङका ३ पुरुष, सुनरीका २ महिला र १ पुरुष, उदयपुरका १ महिला र १ पुरुष डिस्चार्ज भएका हुन् ।

त्यस्तै प्रादेशिक अस्पताल सुर्खेतबाट सल्यानका ११ पुरुष, सुर्खेतका १३ जना पुरुष, कोभिड १९ विेशष अस्पताल दाङबाट २ महिला र ३ पुरुष, मनहरि आइसोलेशन मकवानपुरबाट १ महिला र ५ पुरुष, डडेल्धुरा अस्पतालबाट १ महिला र १ पुरुष, अछाम जिल्ला अस्पतालबाट १ महिला र ४ पुरुष गरी ५ जना र दार्चुला अस्पतालबाट २ पुरुष डिस्चार्ज भएका छन् ।

त्यसैगरी डोटी अस्पतालबाट २ महिला र ७ पुरुष गरी ९ जना, प्रादेशिक अस्पताल धनगढीबाट ८ पुरुष, टिकापुर अस्पताल कैलालीबाट १ महिला र ३ पुरुष गरी ४ जना, नेपालगन्ज मेडिकल अस्पतालबाट कैलालीका १ महिला, महाकाली अस्पताल कन्चनपुरबाट ६ पुरुष, कैलालीका १ महिला ७ पुरुष गरी ८ जना, भरतपुर अस्पताल चितवनबाट ३ पुरुष, नवलपरासी १ महिला र २ पुरुष डिस्चार्ज भएका हुन् ।

आज डिस्चार्ज १८ महिला र १५८ जना पुरुष गरी जम्मा १७६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १५७८ रहेको छ । जसमा महिला १४१ र पुरुष १४३७ जना रहेका छन् ।

आज एकैदिन २१६ जना डिस्चार्ज, नेपालमा कोरोनाबाट निको हुनेको संख्या १४०२ पुग्यो

वि.सं.२०७७ असार ६ शनिवार १७:४५ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...