७ जेठ, काठमान्डौं ।। नेपालमा आज थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज पुष्टि भएकामा गुल्मी छत्रकोट गाउँपालिका वडा नं ५ मैनडाँडा गुल्मीका ६९ वर्षीय वृद्धको मृत्यु भएको हो ।
प्यारालाइसिस उपचारका लागि भारत गएका उनी जेठ २५ गते नेपाल फर्किएर होम क्वारेन्टिनमै बसेका थिए । उनको असार ५ गते घरमै मृत्यु भएको हो । सोहि दिन नमुना संकलन गरी भैरहवा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको नतिजा शनिबार (असार ६ गते) पोजेटिभ आएको थियो ।
उनको शब नेपाली सेनाको सहयोगमा शनिबारै व्यवस्थापन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
असार ५ गते मृत्यु भएका उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । हालसम्म मृत्यु हुनेका २ महिला, १ बालिका र २० जना पुरुष रहेका छन् ।
कोरोना संक्रमणबाट थप दुईको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या २२ पुग्यो