back
CTIZAN AD

नेपालमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या २३ पुग्यो

वि.सं.२०७७ असार ७ आइतवार

711 

shares

७ जेठ, काठमान्डौं ।। नेपालमा आज थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज पुष्टि भएकामा गुल्मी छत्रकोट गाउँपालिका वडा नं ५ मैनडाँडा गुल्मीका ६९ वर्षीय वृद्धको मृत्यु भएको हो ।

प्यारालाइसिस उपचारका लागि भारत गएका उनी जेठ २५ गते नेपाल फर्किएर होम क्वारेन्टिनमै बसेका थिए । उनको असार ५ गते घरमै मृत्यु भएको हो । सोहि दिन नमुना संकलन गरी भैरहवा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको नतिजा शनिबार (असार ६ गते) पोजेटिभ आएको थियो ।

उनको शब नेपाली सेनाको सहयोगमा शनिबारै व्यवस्थापन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

असार ५ गते मृत्यु भएका उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । हालसम्म मृत्यु हुनेका २ महिला, १ बालिका र २० जना पुरुष रहेका छन् ।

कोरोना संक्रमणबाट थप दुईको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या २२ पुग्यो

वि.सं.२०७७ असार ७ आइतवार १७:२२ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...