४ असार, काठमाण्डौं । नेपालमा गएको २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गोदावरी नगरपालिका वडा नं ४ कैलालीका ४६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
सेति प्रादेशिक अस्पतालमा उपचाररत उनको बुधबार मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि धनगढीको नवजीवन अस्पतालमा उपचार गर्न गएका उनलाई जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
परीक्षणका क्रममा कोरोना पुष्टि भएपछि सेति प्रादेशिक अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिएका उनको उनको उपचारकै क्रममा बुधबार ( असार ३ गते) बेलुका ७ः५२ मा मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै लम्की चुहा २ कैलाली निवासी ४३ वर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण असार २ गते मृत्यु भएको पुष्टि भएको छ ।
जेठ ३१ गते टाउकोमा चोट लागेर नेपालगन्ज मेडिकल कलेज कोहलपुर बाँकेमा भर्ना गरि उपचार गरिएकी उनको अप्रेशन गर्नु अगाडि असार २ गते नमुना संकलन गरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा असार ३ गते बेलुका कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज संक्रमणबाट मृत्यु भएको पुष्टि भएका २ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसमा ३ महिला, १ बालिका र १८ जना पुरुष रहेका छन् ।
त्यसैगरी असार १ र ३ गते आत्महत्या गरेका अर्घाखाँची शितगंगाका पुरुष र सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी युवतीमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
अर्घाखाँची र सुर्खेतमा आत्महत्या गरेका पुरुष र युवतीमा कोरोना संक्रमण भएको पुष्टि