back
CTIZAN AD

कोरोना संक्रमणबाट थप दुईको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या २२ पुग्यो

वि.सं.२०७७ असार ४ बिहीवार

933 

shares

४ असार, काठमाण्डौं । नेपालमा गएको २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गोदावरी नगरपालिका वडा नं ४ कैलालीका ४६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सेति प्रादेशिक अस्पतालमा उपचाररत उनको बुधबार मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि धनगढीको नवजीवन अस्पतालमा उपचार गर्न गएका उनलाई जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

परीक्षणका क्रममा कोरोना पुष्टि भएपछि सेति प्रादेशिक अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिएका उनको उनको उपचारकै क्रममा बुधबार ( असार ३ गते) बेलुका ७ः५२ मा मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै लम्की चुहा २ कैलाली निवासी ४३ वर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण असार २ गते मृत्यु भएको पुष्टि भएको छ ।
जेठ ३१ गते टाउकोमा चोट लागेर नेपालगन्ज मेडिकल कलेज कोहलपुर बाँकेमा भर्ना गरि उपचार गरिएकी उनको अप्रेशन गर्नु अगाडि असार २ गते नमुना संकलन गरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा असार ३ गते बेलुका कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज संक्रमणबाट मृत्यु भएको पुष्टि भएका २ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसमा ३ महिला, १ बालिका र १८ जना पुरुष रहेका छन् ।

त्यसैगरी असार १ र ३ गते आत्महत्या गरेका अर्घाखाँची शितगंगाका पुरुष र सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी युवतीमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

अर्घाखाँची र सुर्खेतमा आत्महत्या गरेका पुरुष र युवतीमा कोरोना संक्रमण भएको पुष्टि

वि.सं.२०७७ असार ४ बिहीवार १७:३७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...