back
CTIZAN AD

महिलाका लागि छुट्टै क्वारेन्टिन व्यवस्था गर्न सांसदको माग, संसदमा कसले के बोले ?

वि.सं.२०७७ असार ४ बिहीवार

735 

shares

४ असार, काठमाडौँ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा व्यवस्था गरेको क्वारेन्टिन असुरक्षित बनेको भन्दै सांसदले क्वारेन्टिनलाई व्यवस्थित र सुरक्षित गर्न तथा महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको वैठकको शून्य समयमा सांसद थममाया थापाले क्वारेन्टिनमा महिला बलात्कृत हुनु अत्यन्त गम्भीर भएको उल्लेख गर्दै महिलाका लागि छुट्टै क्वारन्टिनको व्यवस्था र सुरक्षाका लागि महिला प्रहरी राख्न माग गरेका हुन् ।

सांसद निरुदेवी पालले क्वारेन्टिनमा महिलामाथि विभिन्न हिंसाका घटना बढेको भन्दै महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग गरिन् ।

सांसद पवित्रा खरेल निरौलाले कैलालीको लम्कीमा महिलामाथि भएको घटनाका दोषीलाई कडा कारबाही गरिनुपर्ने माग गर्नुभयो ।

सांसद नरमाया ढकालले क्वारेन्टिन यातना गृह जस्तो भएकाले तत्काल क्वारेन्टिनको अवस्था सुधार गर्न माग गरिन् ।

सांसद पार्वता डीसी चौधरीले कैलाली घटनाबारे आपत्ति जनाउँदै क्वारेन्टिनमै असुरक्षित महिला कहाँ सुरक्षित होलान भनी प्रश्न गर्दै घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद पूर्णकुमारी सुवेदीले कैलालीको क्वारेन्टिनमा बिरामी महिलामाथि भएको घटनाको भत्सर्ना गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरिन् ।

सांसद टेकबहादुर बस्नेतले क्वारेन्टिनलाई व्यवस्थित बनाउँदै स्वास्थ्य सामग्री सिधै जिल्ला र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरे ।

सांसद डा दीपकप्रकाश भट्टले देशव्यापी रुपमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले कोरोना परीक्षणको दायरा बढाउन माग गरे ।

सांसद नारदमुनी रानाले सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणको दायरा फराकिलो बनाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद डिला सङ्ग्रौलाले स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको घटना सेलाउन नपाउँदै खरिपाटी क्वारेन्टिनमा भएको घोटालाका बारेमा जानकारी दिन माग गरिन् ।

सांसद प्रमिला राईले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितता छानबिन गर्न माग गरिन् ।

सांसद प्रभु साहले नागरिकता विधेयक दुई वर्षदेखि संसदीय समितिमा थन्किनु पर्ने कारण के हो भनी प्रश्न गरे ।

सांसद दलबहादुर रानाले यात्रा अनुमतिका लागि पास वितरण गर्दा अनियमिता भइरहेको गुनासो गरे ।

सांसद दामोदर भण्डारीले परीक्षण किटको अभावले प्रदेश नं २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण प्रभावित भएकाले तत्काल किटलगायत आवश्यक सामग्री उपलब्ध गराउन माग गरे ।

सांसद दीलेन्द्रप्रसाद बडुले मुलुकमा कानुनी शासनको प्रत्याभूति हुन नसकेको भन्दै सत्तारुढ दलका नेताको दबाबमा काँग्रेस कार्यकर्तामाथि धरपकड भइरहेकामा सरकारको ध्यानाकर्षण गराए ।

सांसद देवप्रसाद गुरुङले राष्ट्रियताको सन्दर्भमा दलहरुबीच अभूतपूर्व एकता पैदा भएकामा चीन र भारतबीचको विवाद अन्त्य गर्न कूटनीतिक पहल थाल्न आग्रह गर्न आग्रह गरे ।

सांसद दुर्गाबहादुर राउतले बेपत्ता व्यक्तिको छानबिन तथा सत्य निरुपणको काम अलपत्र परेको भन्दै शान्तिप्रक्रियाका बाँकी काम टुङ्गो लगाउन माग गरे ।

सांसद प्रेम सुुुुवालले क्वारेन्टिनमा राखिनेको पीसीआर परीक्षण नभएको र विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुरुप आवश्यक स्वास्थ्य मापदण्ड नअपनाइको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद बालकृष्ण खाँडले कोभिडका कारण अन्य क्षेत्रजस्तै हवाई उद्योगलगायत क्षेत्रमा राहतको कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराए ।
(रासस) File Pic

वि.सं.२०७७ असार ४ बिहीवार १७:४४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...