back
CTIZAN AD

आज ५९ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १२२६ पुग्यो

वि.सं.२०७७ असार ४ बिहीवार

774 

shares

४ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५९ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज निको हुनेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ६ पुरुष, महाबु आइसोलेशन सेन्टर दैलेखबाट १ जना पुरुष, सल्कोट आइसोलेशन सेन्टरबाट ३ जना पुरुष, सिम्ता आइसोलेशन सेन्टर सुर्खेतबाट १ पुरुष, नारायणी अस्पताल बीरगन्जबाट रौतहटकी १ महिला साथै पर्साका १ महिला र ६ पुरुष गरी ७ जना डिस्चार्ज भएका छन् ।

मोरङबाट पनि ४० जना डिस्चार्ज
त्यसैगरी मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको आइसोलेनमा उपचार गराईरहेका ४० जना आज निको भएर घर फर्किएका छन् ।

२२ देखि २६ जेठमा अस्पतालमा भर्ना भएका उनीहरुमा २ पटकसम्म गरिएको कोरोना परीक्षणमा नेगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

संक्रमणबाट मुक्त भइ घर फर्किनेमा सुनसरीका १६ झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना रहेका छन् भने उनीहरुको उमेर समुह १५ देखि ४७ रहेको छ । आज ४० जना डिस्चार्ज भएसँगै अब ८५ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

आज निको भएका ५९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या  १२२६ पुगेको छ ।

आज नौ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या १,१६७ पुग्यो

वि.सं.२०७७ असार ४ बिहीवार १८:१७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...