-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपालमा हालसम्म ७८४८ जनामा कोरोना संक्रमण, २२ को मृत्यु, हेर्नुहोस् यस्तो छ अन्य अपडेट



४ असार, काठमाण्डौं । नेपालमा मंगलबार (४ असार ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ३ लाख ९८ हजार ५९३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १५ हजार २७८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यसैगरी आजसम्म पिसीआर प्रविधिबाट १ लाख ५५ हजार ५१८ र आरडिटी प्रविधिबाट २ लाख ४३ हजार ७५ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ५ हजार ७४६ वटा पिसीआर र ९ हजार ५३२ वटा र्यापिड परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ६,६४८ जनाको उपचार भइरहेको छ भने रेडजोनमा रहनेको संख्या हालसम्म ५०३ पुगेको छ । साथै आज ४ जना रेडजोनामा थपिएका छन् । उनीहरु तेह्रथुम, ओखलढुंगा, मोरङ र रुपन्देशीका रहेका छन् ।

त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १ लाख १६ हजार २१५ रहेको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या ७,८४८ पुगेको छ भने आज निको भएर ५९ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १,२२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै मृतकको संख्या २२ रहेको छ ।

 आज ६७१ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ७,८४८ पुग्यो
४ असार, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट ६७१ जना संक्रमित भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका आज ८० जना महिला र ५९१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

आज सबैभन्दा बढी अर्घाखाँचीमा ९७ जना, दैलेखमा ८६ जना, डडेल्धुरामा ८४ जना, नवलपरासीपूर्वमा ६२ जना, अछाममा ४२ जना, बाजुरामा ४१ जना, कैलालीमा ४१ जना, रौतहटमा ३४ जना, सुर्खेतमा ३४ जना, धनुषामा २९ जना र बैतडीमा २५ जना रहेका छन् ।

त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा झापाका २ जना महिला, मोरङकी १ महिला रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ११ महिला र ३१ जना पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, बाजुराका १५ महिला र २६ पुरुष गरी ४१ जना, भक्तपुरका १ महिला र २ पुरुष गरी ३ जना, डडेल्धुरामा ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीका २ महिला र १९ पुरुष गरी २१ जना, कपिलवस्तुका २ महिला र १४ पुरुष गरी १६ जना, काठमाण्डौंका १ महिला र १ पुरुष गरी २ जना, नुवाकोटका २ पुरुष, रौतहटका १ महिला र ३३ पुरुष गरी ३४ जना, रुपन्देहीका ३ पुरुष, सर्लाहीका २ जना पुरुष, सिन्धुपाल्चोकका १ पुरुष, ललितपुरका १, नवलपरासीका १ र महोत्तरीका १ पुरुष रहेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा सिन्धुलीकी १ महिला, भरतपुर अस्पतालमा पर्वतका १ महिला र ४ पुरुष गरी ५ जना, चितवनका १, नवलपरासीपूर्वका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषाका २९ पुरुष, बाग्लुङका १, मनाङका १, नवलपरासी पूर्वका ३० जना पुरुष, स्याङजाका २ महिला र ७ पुरुष गरी ९ जना, पर्वतका ४ जना र तनहुँका १५ जना पुरुष, गोरखाका १ महिला र १० पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ महिला र १ पुरुष गरी ३ जना, कपिलवस्तुका १, पाल्पाका ६ जना पुरुष, रुपन्देहीका २ महिला र ७ पुरुष गरी ९ जना, रोल्पाका १ पुरुष, नवलपरासीका १ पुरुष र अर्घाखाँचीका ९१ पुरुष र ६ महिला गरी ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ३ पुरुष, बर्दियाका १ महिला र ३ पुरुष गरी ४ जना, कैलाकीका १ महिला र दैलेखका १ पुरुष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ४ जना पुरुष, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका ६ महिला र ८० पुरुष गरी ८६ जना, सुर्खेतका ८ महिला र २६ पुरुष गरी ३४ जनामा संक्रमण पृष्टि भएको छ ।

त्यसैगरी सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामका २ जना पुरुष, बझाङका १ महिला र १ पुरुष, कन्चनपुरका २ पुरुष, कैलालीका १ महिला र १९ पुरुष, डोटीका ५ जना पुरुष रहेका रहेका छन् ।

आज ८० जना महिला र ५९१ जना पुरुष गरी जम्मा ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७,८४८ पुगेको छ । जसमा पुरुष ७,२२९ र महिला ६१९ रहेका छन् । हालसम्म ७४ जिल्लामा संक्रमित भेटिएका छन् ।

 आज ५९ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १२२६ पुग्यो
४ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५९ जना निको भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज निको हुनेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ६ पुरुष, महाबु आइसोलेशन सेन्टर दैलेखबाट १ जना पुरुष, सल्कोट आइसोलेशन सेन्टरबाट ३ जना पुरुष, सिम्ता आइसोलेशन सेन्टर सुर्खेतबाट १ पुरुष, नारायणी अस्पताल बीरगन्जबाट रौतहटकी १ महिला साथै पर्साका १ महिला र ६ पुरुष गरी ७ जना डिस्चार्ज भएका छन् ।

मोरङबाट पनि ४० जना डिस्चार्ज
त्यसैगरी मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको आइसोलेनमा उपचार गराईरहेका ४० जना आज निको भएर घर फर्किएका छन् ।

२२ देखि २६ जेठमा अस्पतालमा भर्ना भएका उनीहरुमा २ पटकसम्म गरिएको कोरोना परीक्षणमा नेगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

संक्रमणबाट मुक्त भइ घर फर्किनेमा सुनसरीका १६ झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना रहेका छन् भने उनीहरुको उमेर समुह १५ देखि ४७ रहेको छ । ८५ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
हालसम्म डिस्चार्ज भएका १२२६ जना रहेका छन् ।

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएसँगै मृतकको संख्या २२ पुग्यो
४ असार, काठमाण्डौं । नेपालमा गएको २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गोदावरी नगरपालिका वडा नं ४ कैलालीका ४६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सेति प्रादेशिक अस्पतालमा उपचाररत उनको बुधबार मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि धनगढीको नवजीवन अस्पतालमा उपचार गर्न गएका उनलाई जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

परीक्षणका क्रममा कोरोना पुष्टि भएपछि सेति प्रादेशिक अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिएका उनको उनको उपचारकै क्रममा बुधबार ( असार ३ गते) बेलुका ७ः५२ मा मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै लम्की चुहा २ कैलाली निवासी ४३ वर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण असार २ गते मृत्यु भएको पुष्टि भएको छ ।

जेठ ३१ गते टाउकोमा चोट लागेर नेपालगन्ज मेडिकल कलेज कोहलपुर बाँकेमा भर्ना गरि उपचार गरिएकी उनको अप्रेशन गर्नु अगाडि असार २ गते नमुना संकलन गरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा असार ३ गते बेलुका कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज संक्रमणबाट मृत्यु भएको पुष्टि भएका २ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसमा ३ महिला, १ बालिका र १८ जना पुरुष रहेका छन् ।

त्यसैगरी असार १ र ३ गते आत्महत्या गरेका अर्घाखाँची शितगंगाका पुरुष र सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी युवतीमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

नेपालमा असार ३ सम्मको कोरोना अपडेटः ७,१७७ संक्रमित, ५,९९० जना आइसोलेशनमा र २० जनाको मृत्यु


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा