back
CTIZAN AD

नेपाली जनसम्पर्क समिति अमेरिकाले दूतावासलाई बुझायो ज्ञापनपत्र

वि.सं.२०७७ असार ४ बिहीवार

768 

shares

४ असार, काठमाडौँ । नेपाली कांग्रेसको प्रवासस्थित भातृ संगठन नेपाली जनसम्पर्क समितिले नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कमार्फत प्रधानमन्त्री केपी शर्मा ओलिलाई एक ज्ञापनपत्र बुझाएको छ ।

नेपाली काँग्रेसको जेठ २६ गतेको बैठकले गरेको निर्णय र निर्देशन अनुसार ज्ञापनपत्र बुझाइएको बताइएको छ । कोरोना महामारी विरुद्धको कार्यमा सरकारको अर्कमण्यता, भ्रष्टाचार र गैह्र जिम्मेवार प्रवृत्तिका विरुद्ध सबै जनसम्पर्क समितिमार्फत यसरी ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

ज्ञापनपत्रमा कोरोना भाइरस(कोभिड–१९) महामारीविरुद्ध सरकारले प्रभावकारी काम नगरेको, कांग्रेसले सुरुवातका दिनदेखि नै कोरोना नियन्त्रणका लागि सरकारले तत्काल गर्नुपर्ने कार्यहरुका बारे कार्ययोजना तय गर्न दिएको सुझाव कार्यान्वयन नगरेको, विज्ञहरुको सुझावलाई समेत बेवास्ता गरेको जस्ता विषयहरु समेटिएका छन् ।

ज्ञापनपत्र बुझाउन सभापति आनन्द विष्टसँगै समितिका महासचिव मुनिन्द्र नेम्वाङ्ग, सचिव भोजराज थोकर, केन्द्रीय सदस्यद्वय बेदप्रसाद खरेल र सुवास लामा, समितिका केन्द्रीय सल्लाहकार कृष्ण बिष्ट, समितिका लंग आइल्याण्ड च्याप्टरका सभापति विश्वराज बाँस्तोलासहित जनसम्पर्क समितिका सदस्यहरु अन्जन चौलागाईं र कला खरेल महावाणिज्यदूतावासको कार्यालय पुगेका थिए ।

बुधबार मात्र काँग्रेसले प्रतिनिधिसभा बैठकमा कोरोनाभाइरस (कोभिड –१९) को रोकथाम तथा नियन्त्रणसम्बन्धमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको छ ।

वि.सं.२०७७ असार ४ बिहीवार १७:३३ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...