back
CTIZAN AD

पति–पत्नीबीचको सम्बन्ध कसरी राम्रो बनाउने ? यस्तो छ चाणक्यको सुत्र

वि.सं.२०७७ असार ४ बिहीवार

1.7K 

shares

काठमाडौं । जीवनको पवित्र सम्बन्धमध्येमा पति र पत्नीबीचको सम्बन्ध पनि एक महत्वपूर्णं सम्बन्ध हो । यस सम्बन्धबाटै अन्य सम्बन्धहरु टिकेका हुन्छन् । पति र पत्नीबीचको सम्बन्ध जति मधुर हुन्छ उति नै जीवनमा खुशीयाली छाउने पनि गर्दछ ।

आचार्य चाणक्यको चाणक्य नीतिमा पनि पति र पत्निबीचको सम्बन्धबारे धेरै कुरा खुलाइएको छ । चाणक्य नीतिमा व्यक्तिको जीवन खुशीयाली हुन वैवाहिक जीवन सफल हुनुपर्ने कुरा उल्लेख छ ।

पति र पत्नीबीचको सम्बन्धमा कुनै प्रकारको बनावटीपन हुनु हुँदैन् । यस पवित्र सम्बन्धमा अनुशासन पनि चाहिन्छ । यदि अनुशासन भएन भने सम्बन्ध कमजोर हुन्छ ।

साथै समाजको समृद्धिको लागि पनि हरेक घरमा राम्रो सम्बन्ध हुनुपर्ने बताइएको छ । परिवार र समाज एक दोस्रोसँग सम्बन्धित हुन्छ । समाजमाथि परिवारको छवि निर्भर रहन्छ ।

चाणक्यका अनुसार हरेक पति र पत्नीबीचको सम्बन्ध अत्यन्तै मधुर र प्रगाढ हुनुपर्दछ । पति र पत्नीबीचको सम्बन्धमा कुनै प्रकारको बनावटीपन हुनु हुँदैन् । यस पवित्र सम्बन्धमा अनुशासन पनि चाहिन्छ । यदि अनुशासन भएन भने सम्बन्ध कमजोर हुन्छ । चाणक्य यी केहि कुरालाई विशेष ध्यान दिन आग्रह गरेका छन् :

घरमा मिलेर निर्णय गर्नु

घरको सन्दर्भमा पति र पत्नी दुवै मिलेर निर्णय लिनुपर्दछ । यस्तो गर्दा सम्बन्ध झन् मजबुद हुन्छ । यदि कुनै एकले एकलै निर्णय लिए सम्बन्ध कमजोर हुने हुन्छ । साथै एक दोस्रोप्रति अविश्वास बढ्ने र सम्मान पनि कम हुने हुन्छ ।

घर परिवारको जिम्मेवारी दुवैले बराबरी निभाउनु

घर परिवारको जिम्मेवारी पति र पत्नी दुवै मिलेर निभाउनु आवश्यक छ । घर परिवार चलाउन कुनै एकले मात्रै जिम्मेवारी लिनु हुँदैन् । दुवैले मिलेर घर परिवारको जिम्मेवारी लिँदा घर परिवारमा शुख शान्ति र समृद्धिको वातावरण तयार हुन्छ ।

दुवैले एकअर्कालाई उत्तिकै सम्मान गर्नु

पति र पत्नि दुवैलाई एक अर्कालाई बराबरीको रुपमा सम्मान गर्न आवश्यक छ । यदि यसमा विभेद हुन्छ भने सम्बन्ध कमजोर पर्न जान्छ । त्यहाँ मनमुटाव सुरुवात हुन पुग्छ । जसले परिणाम गलत दिनसक्छ ।

तर, सम्मानसँग मात्रै सम्बन्धलाई नजोड्नु

तर, एक अर्काको सम्मानलाई मात्रै हरेक चीजसँग जोड्नु हुँदैन् । जसले कहिले काँही दरार पनि ल्याउने गर्दछ । पति र पत्निबीचको सम्बन्ध एक पवित्र सम्बन्ध भएको कारण आत्मीयतालाई बढि महत्व दिनुपर्दछ । कहिँ कतै सम्बन्धमा सम्मानलाई महत्व दिएर पवित्रतालाई गुमाउनु हुँदैन् ।

वि.सं.२०७७ असार ४ बिहीवार १७:०६ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...