back
CTIZAN AD

नेपालमा आज ६७१ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ७,८४८ पुग्यो

वि.सं.२०७७ असार ४ बिहीवार

765 

shares

४ असार, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट ६७१ जना संक्रमित भएको पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका आज ८० जना महिला र ५९१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

आज सबैभन्दा बढी अर्घाखाँचीमा ९७ जना, दैलेखमा ८६ जना, डडेल्धुरामा ८४ जना, नवलपरासीपूर्वमा ६२ जना, अछाममा ४२ जना, बाजुरामा ४१ जना, कैलालीमा ४१ जना, रौतहटमा ३४ जना, सुर्खेतमा ३४ जना, धनुषामा २९ जना र बैतडीमा २५ जना रहेका छन् ।

त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा झापाका २ जना महिला, मोरङकी १ महिला रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ११ महिला र ३१ जना पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, बाजुराका १५ महिला र २६ पुरुष गरी ४१ जना, भक्तपुरका १ महिला र २ पुरुष गरी ३ जना, डडेल्धुरामा ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीका २ महिला र १९ पुरुष गरी २१ जना, कपिलवस्तुका २ महिला र १४ पुरुष गरी १६ जना, काठमाण्डौंका १ महिला र १ पुरुष गरी २ जना, नुवाकोटका २ पुरुष, रौतहटका १ महिला र ३३ पुरुष गरी ३४ जना, रुपन्देहीका ३ पुरुष, सर्लाहीका २ जना पुरुष, सिन्धुपाल्चोकका १ पुरुष, ललितपुरका १, नवलपरासीका १ र महोत्तरीका १ पुरुष रहेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा सिन्धुलीकी १ महिला, भरतपुर अस्पतालमा पर्वतका १ महिला र ४ पुरुष गरी ५ जना, चितवनका १, नवलपरासीपूर्वका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषाका २९ पुरुष, बाग्लुङका १, मनाङका १, नवलपरासी पूर्वका ३० जना पुरुष, स्याङजाका २ महिला र ७ पुरुष गरी ९ जना, पर्वतका ४ जना र तनहुँका १५ जना पुरुष, गोरखाका १ महिला र १० पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी अर्घाखाँचीमा ९७ जना, दैलेखमा ८६ जना, डडेल्धुरामा ८४ जना, नवलपरासीपूर्वमा ६२ जना, अछाममा ४२ जना, बाजुरामा ४१ जना, कैलालीमा ४१ जना, रौतहटमा ३४ जना, सुर्खेतमा ३४ जना, धनुषामा २९ जना र बैतडीमा २५ जना रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ महिला र १ पुरुष गरी ३ जना, कपिलवस्तुका १, पाल्पाका ६ जना पुरुष, रुपन्देहीका २ महिला र ७ पुरुष गरी ९ जना, रोल्पाका १ पुरुष, नवलपरासीका १ पुरुष र अर्घाखाँचीका ९१ पुरुष र ६ महिला गरी ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ३ पुरुष, बर्दियाका १ महिला र ३ पुरुष गरी ४ जना, कैलाकीका १ महिला र दैलेखका १ पुरुष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ४ जना पुरुष, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका ६ महिला र ८० पुरुष गरी ८६ जना, सुर्खेतका ८ महिला र २६ पुरुष गरी ३४ जनामा संक्रमण पृष्टि भएको छ ।

त्यसैगरी सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामका २ जना पुरुष, बझाङका १ महिला र १ पुरुष, कन्चनपुरका २ पुरुष, कैलालीका १ महिला र १९ पुरुष, डोटीका ५ जना पुरुष रहेका रहेका छन् ।

आज ८० जना महिला र ५९१ जना पुरुष गरी जम्मा ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७,८४८ पुगेको छ । जसमा पुरुष ७,२२९ र महिला ६१९ रहेका छन् । हालसम्म ७४ जिल्लामा संक्रमित भेटिएका छन् ।

आज ५८६ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिए, संक्रमितको संख्या ७,१७७ पुग्यो

वि.सं.२०७७ असार ४ बिहीवार १६:५९ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...