back
CTIZAN AD

आज ५८६ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिए, संक्रमितको संख्या ७,१७७ पुग्यो

वि.सं.२०७७ असार ३ बुधवार

813 

shares

३ असार, काठमाण्डौं । नेपालमा आज सबैभन्दा बढी ५८६ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा बढी महोत्तरीमा २००, रौतहटमा १२७ जना, बदिर्यामा ३२ जना, धनुषामा २६ जना, गुल्मीमा २६ जना र सल्यानमा २३ जना संक्रमित भेटिएका हुन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उदयपुरका ४ जना पुरुष र सिराहाका १ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा मोरङका ९ पुरुष, झापाका २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ४ पुरुष, महोत्तरीका १ महिला र ४ पुरुष, बाराका १ महिला र ६ पुरुष र रौतहटका ११ जना पुरुष रहेका छन् ।

नारायणी अस्पताल विरगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका ६ जना पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका २ महिला र ८ पुरुष गरी १० जना, महोत्तरीका ६ महिला र १८३ पुरुष गरी १८९ जना, रौतहटका ५ महिला र ३४ पुरुष गरी ३९ जना, रुपन्देहीका ३ जना पुरुष, सर्लाहीका ३ महिला र ३ पुरुष गरी ६ जना र प्युठानका १८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ पुरुष, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषाका २ महिला र २० पुरुष गरी २२ जना र र्रौतहटका ४ महिला र ७३ पुरुष गरी ७७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा कैलालीका १ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा पर्वतका १ महिला र २ पुरुष गरी ३ जना, नवलपरासी पुर्वका १७ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ महिला र २४ पुरुष गरी २६ जना, प्युठानका १ महिला र १९ पुरुष गरी २० जना, रुपन्देहीका २ महिला र २ पुरुष गरी ४ जना र अर्घाखाँचीका १ महिला र ८ पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १ महिला, बर्दियाका १ महिला र ३० पुरुष गरी ३२ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १ महिला र ६ पुरुष गरी ७ जना, सल्यानका १ महिला र २२ पुरुष गरी २३ जना, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका २ र दैलेखका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका २ महिला र १२ पुरुष गरी १४ जना, सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा कन्चनपुरका १ महिला र ६ पुरुष गरी ७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज जम्मा ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ४० महिला र पुरुष ५४६ जना रहेका छन् । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७,१७७ पुगेको छ । जसमा पुरुष ६,६३८ जना र महिला ५३९ रहेका छन् । संक्रमित भेटिएका जिल्ला ७३ रहेका छन् ।

आज ३८० जनामा कोरोना संक्रमण भएको पुष्टि, कूल संक्रमितको संख्या ६,५९१ पुग्यो

वि.सं.२०७७ असार ३ बुधवार १७:०५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...