back
CTIZAN AD

आज ३८० जनामा कोरोना संक्रमण भएको पुष्टि, कूल संक्रमितको संख्या ६,५९१ पुग्यो

वि.सं.२०७७ असार २ मंगलवार

915 

shares

२ असार, काठमाण्डौं । नेपालमा आज ३८० जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका आज पनि सबैभन्दा बढी महोत्तरी जिल्लाका ८९ जना, दाङका ५६ रौतहटका ५२ जना, कैलालीका २३ जना, बैतडी २१ जना, धनुषा २१ जना, र डोटीका २० जना रहेका छन् ।

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला झापामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा झापाका १ पुरुष र पाचथरकी १ महिला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरी र सिराहाका २÷२ जना पुरुष रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका ५ महिला र ३३ पुरुष गरी ३८ जना, महोत्तरीका १ महिला र १६ पुरुष गरी १७ जनामा संक्रमण पृष्टि भएको छ ।

नारायणी अस्पताल विरगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गोर्खाका १ महिला र ९ पुरुष गरी १० जना, नवलपरासी पूर्वका २ पुरुष बाग्लुङ १, तनहुँका २, कास्कीका ३ र स्याङजाका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामका १ पुरुष, बैतडीकी १ महिला र २० पुरुष गरी २१ जना, डोटीका १ महिला र १९ पुरुष गरी २० जना, कन्चनपुरका ११ पुरुष, कैलालीका ४ महिला र १९ पुरुष गरी २३ जनामा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १, बर्दियाका ९ जना पुरुष, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका ३ पुरुष, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका १ पुरुष रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाचीका १ महिला र २ पुरुष गरी ३ जना र रुपन्देहीका १ पुरुष, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ५ पुरुष, सुर्खेतका १ महिला र ३ पुरुष गरी ४ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषाका २१ जना पुरुष र रामेछापका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा सल्यानका १ पुरुष र दाङका १० महिला र ४६ पुरुष गरी ५६ जना,
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अर्घाखाँचीका ६ पुरुष, काठमाण्डौंकी १ महिला, महोत्तरीका १ महिला ७१ पुरुष गरी ७२ जना, मोरङका १ पुरुष, रौतहटका १४ पुरुष, रोल्पाका १, रुपन्देहीका ३ पुरुष, सर्लाहीका १६ जना पुरुष गरी आज जम्मा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ६५९१ पुगेको छ । जसमा पुरुष ६,०९२ र महिला ४९९ रहेका छन् ।

आज काठमाण्डौका तीनसहित ४५१ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ६,२११ पुग्यो

वि.सं.२०७७ असार २ मंगलवार १७:०४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...