back
CTIZAN AD

आज एकैदिन ११७ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १,१५८ पुग्यो

वि.सं.२०७७ असार २ मंगलवार

1K 

shares

२ असार, काठमाण्डौं । आज एकैदिन ११७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जना महिला र १०९ जना पुरुष कोरोना भाइरस संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

जसमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ महिला र ६ पुरुष गरी ७ जना, आइसोलेन सेन्टर सन्तालिया बाँकेबाट १० पुरुष, आइसोलेशन सेन्टर सहपूर्व बाँकेबाट ७ पुरुष, सुशील कोइराला क्यान्सर अस्पताल बाँकेबाट ५ पुरुष र नारायणी अस्पताल विरगन्जबाट ३ पुरुष डिस्चार्ज भएका हुन् ।

त्यसैगरी भिम अस्पताल भैरहवाबाट ५ महिला र र २१ पुरुष गरी २६ जना, कोभिड क्लिनिक अस्पताल दैलेखबाट २५ पुरुष र आइसोलेशन सेन्टर इन्टिग्रेटेड विल्डिङ कालिकोटबाट २४ जना पुरुष, दुल्लु अस्पताल दैलेखबाट ५ पुरुष र २ महिला गरी ७ जना, तार्पाङ आइसोलेशन सेन्टर दैलेखबाट १ पुरुष र प्रादेशिक अस्पताल सुर्खेतबाट २ पुरुष गरी जम्मा ११७ जना डिस्चार्ज भएका छन् ।  आज डिस्चार्ज भएका ११७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १,१५८ पुगेको छ ।

आजपनि ६७ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या हजार नाघ्यो

वि.सं.२०७७ असार २ मंगलवार १७:३० मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...