
२ असार, काठमाण्डौं । आज एकैदिन ११७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जना महिला र १०९ जना पुरुष कोरोना भाइरस संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
जसमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ महिला र ६ पुरुष गरी ७ जना, आइसोलेन सेन्टर सन्तालिया बाँकेबाट १० पुरुष, आइसोलेशन सेन्टर सहपूर्व बाँकेबाट ७ पुरुष, सुशील कोइराला क्यान्सर अस्पताल बाँकेबाट ५ पुरुष र नारायणी अस्पताल विरगन्जबाट ३ पुरुष डिस्चार्ज भएका हुन् ।
त्यसैगरी भिम अस्पताल भैरहवाबाट ५ महिला र र २१ पुरुष गरी २६ जना, कोभिड क्लिनिक अस्पताल दैलेखबाट २५ पुरुष र आइसोलेशन सेन्टर इन्टिग्रेटेड विल्डिङ कालिकोटबाट २४ जना पुरुष, दुल्लु अस्पताल दैलेखबाट ५ पुरुष र २ महिला गरी ७ जना, तार्पाङ आइसोलेशन सेन्टर दैलेखबाट १ पुरुष र प्रादेशिक अस्पताल सुर्खेतबाट २ पुरुष गरी जम्मा ११७ जना डिस्चार्ज भएका छन् । आज डिस्चार्ज भएका ११७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १,१५८ पुगेको छ ।
आजपनि ६७ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या हजार नाघ्यो