back
CTIZAN AD

चिनियाँ सेनासँगको झडपमा तीन भारतीय सैनिक मारिए

वि.सं.२०७७ असार २ मंगलवार

717 

shares

२ असार, काठमाडौँ । चीन–भारतबीच रहेको सीमा लद्दाखमा चिनियाँ सेनासँगको झडपमा तीन भारतीय मारिएका छन् ।

भारतीय सेनाको मुख्यालयले दिएको जानकारीअनुसार सोमबार राति भएको झडपमा भारतीय सेनाका एक जना अधिकारी र दुई जना जवान मारिएका हुन् । लद्दाखको गालवान उपत्यकमा दुई देशका सेनाबीच भएको झडपमा भारतीय सेनाका एक कर्णेलसहित तीन जना मारिएका हुन् । मारिने कर्णेल इन्फन्ट्री बटालियनका कमाण्डिंग अफिसर थिए।

भारतीय संचारमाध्यमका अनुसार ४५ वर्ष पछि अर्थात् सन् १९७५ पछि सीमामा यस्तो झडप भएको हो । झडपमा ढुंगामुढा र डण्डा प्रयोग गरिए पनि गोली हानाहान भने भएको थिएन ।

सो झडपमा चीनतर्फ ५ सैनिक मारिएको र ११ जवान घाइते भएको दाबा गरिएको छ । तर चिनिया संचारमाध्यमहरुले भने सीमामा तनाब भएपनि झडपमा मारिएको भन्ने बारे केही उल्लेख गरेका छैनन् ।

भारतीय सेनाका उच्च अधिकारी घटनास्थलमा पुगेको र उनीहरुबीच स्थितिलाई साम्य पार्ने विषयमा कुराकानी भइरहेको द ग्लोबल टाइम्सले जनाएको छ ।

लद्दाखको पाङगोङ सो, गल्वान, डेमचोक र दौलत बेगमा ५ हप्तादेखि दुई देशबीच बेलाबेलामा तनाव उत्पन्न हुने गरेको छ ।

भारतले सीमारेखा पार गर्दै गाल्वान उपत्यका र पाङगोङ क्षेत्रमा भौतिक संरचना निर्माण गरेपछि गत महिना चीनले लद्दाख सीमा नजिकै थप सुरक्षा फौज खटाएको थियो । त्यही क्रममा भारतीय सेना र चिनियाँ सेनाबीच झडपसमेत भएको थियो ।

वि.सं.२०७७ असार २ मंगलवार १८:०० मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...