२ असार, काठमाण्डौं । नेपालमा मंगलबार ( २ असार) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ३ लाख ६७ हजार २५४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ९ हजार २१८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । सोमबारको तुलनामा आजको परीक्षण झण्डै साढे ४ हजारले कमी हो ।
त्यसैगरी आजसम्म पिसीआर प्रविधिबाट १ लाख ४३ हजार ७३८ र आरडिटी प्रविधिबाट २ लाख २३ हजार ५१९ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ५,०५५ पिसीआर र ४,१८३ वटा र्यापिड परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ५,५३१ जनाको उपचार भइरहेको छ भने रेडजोनमा रहनेको संख्या हालसम्म ५०३ पुगेको छ । साथै आज ४ जना रेडजोनामा थपिएका छन् । उनीहरु काठमाण्डा,ैं सिराहा नेपालगन्ज र प्युठानका रहेका छन् ।
त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १ लाख ३३ हजार ९ रहेको छ ।
हालसम्म नेपालमा संक्रमितको संख्या ६,५९१ पुगेको छ भने आज निको भएर ११७ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १,१५८ जना कोरोना संक्रमणबाट मृक्त भएका छन् । साथै मृतकको संख्या १९ रहेको छ ।
आज ३८० जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ६,५९१ पुग्यो
नेपालमा आज ३८० जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा बढी महोत्तरी जिल्लाका ८९ जना, दाङका ५६ रौतहटका ५२ जना, कैलालीका २३ जना, बैतडी २१ जना, धनुषा २१ जना, र डोटीका २० जना रहेका छन् ।
मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला झापामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा झापाका १ पुरुष र पाचथरकी १ महिला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरी र सिराहाका २÷२ जना पुरुष रहेका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका ५ महिला र ३३ पुरुष गरी ३८ जना, महोत्तरीका १ महिला र १६ पुरुष गरी १७ जनामा संक्रमण पृष्टि भएको छ ।
नारायणी अस्पताल विरगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गोर्खाका १ महिला र ९ पुरुष गरी १० जना, नवलपरासी पूर्वका २ पुरुष बाग्लुङ १, तनहुँका २, कास्कीका ३ र स्याङजाका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामका १ पुरुष, बैतडीकी १ महिला र २० पुरुष गरी २१ जना, डोटीका १ महिला र १९ पुरुष गरी २० जना, कन्चनपुरका ११ पुरुष, कैलालीका ४ महिला र १९ पुरुष गरी २३ जनामा संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १, बर्दियाका ९ जना पुरुष, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका ३ पुरुष, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका १ पुरुष रहेका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाचीका १ महिला र २ पुरुष गरी ३ जना र रुपन्देहीका १ पुरुष, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ५ पुरुष, सुर्खेतका १ महिला र ३ पुरुष गरी ४ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषाका २१ जना पुरुष र रामेछापका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा सल्यानका १ पुरुष र दाङका १० महिला र ४६ पुरुष गरी ५६ जना,
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अर्घाखाँचीका ६ पुरुष, काठमाण्डौंकी १ महिला, महोत्तरीका १ महिला ७१ पुरुष गरी ७२ जना, मोरङका १ पुरुष, रौतहटका १४ पुरुष, रोल्पाका १, रुपन्देहीका ३ पुरुष, सर्लाहीका १६ जना पुरुष गरी आज जम्मा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ६५९१ पुगेको छ । जसमा पुरुष ६,०९२ र महिला ४९९ रहेका छन् ।
आज एकैदिन ११७ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या १०९ पुग्यो
आज एकैदिन ११७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जना महिला र १०९ जना पुरुष कोरोना भाइरस संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
जसमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ महिला र ६ पुरुष गरी ७ जना, आइसोलेन सेन्टर सन्तालिया बाँकेबाट १० पुरुष, आइसोलेशन सेन्टर सहपूर्व बाँकेबाट ७ पुरुष, सुशील कोइराला क्यान्सर अस्पताल बाँकेबाट ५ पुरुष र नारायणी अस्पताल विरगन्जबाट ३ पुरुष डिस्चार्ज भएका हुन् ।
त्यसैगरी भिम अस्पताल भैरहवाबाट ५ महिला र र २१ पुरुष गरी २६ जना, कोभिड क्लिनिक अस्पताल दैलेखबाट २५ पुरुष र आइसोलेशन सेन्टर इन्टिग्रेटेड विल्डिङ कालिकोटबाट २४ जना पुरुष, दुल्लु अस्पताल दैलेखबाट ५ पुरुष र २ महिला गरी ७ जना, तार्पाङ आइसोलेशन सेन्टर दैलेखबाट १ पुरुष र प्रादेशिक अस्पताल सुर्खेतबाट २ पुरुष गरी जम्मा ११७ जना डिस्चार्ज भएका छन् । आज डिस्चार्ज भएका ११७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १,१५८ पुगेको छ ।
नेपालमा असार १ सम्मको कोरोना अपडेटः ६,२११ संक्रमित, आइसोलेसनमा ५,१५१ जना र हजार बढी निको भए
वि.सं.२०७७ असार २ मंगलवार १८:१४ मा प्रकाशित






























