back
CTIZAN AD

नेपालमा असार १ सम्मको कोरोना अपडेटः ६,२११ संक्रमित, आइसोलेसनमा ५,१५१ जना र हजार बढी निको भए

वि.सं.२०७७ असार १ सोमवार

810 

shares

१ असार, काठमाण्डौं । नेपालमा सोमबार (१असार) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ३ लाख ५७ हजार ९७४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १३ हजार ९२३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार आइतबारको तुलनामा आजको परीक्षण निकै आधा कम हो ।

त्यसैगरी आजसम्म पिसीआर प्रविधिबाट १ लाख ३८ हजार ६८३ र आरडिटी प्रविधिबाट २ लाख १९ हजार ३३६ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ५,३०६ पिसीआर र ८,६१५ वटा र्यापिड परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ५,१५१ जनाको उपचार भइरहेको छ भने रेडजोनमा रहनेको संख्या हालसम्म ४९९ पुगेको छ । साथै आज काठमाण्डौंका १ जना रेडजोनमा परेका छन् ।
त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा रहनेको संख्या १ लाख ३३ हजार ८२९ पुगेको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या ६,२११ पुगेको छ भने आज निको भएर ६७ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १,०४१ कोरोना संक्रमणबाट मृक्त भएका छन् भने मृतकको संख्या १९ पुगेको छ ।

आज ४५१ जना थपिएसँगै संक्रमतिको संख्या ६,२११ पुग्यो
नेपालमा आज ४५१ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज ४१६ पुरुष र ३५ महिलामा संक्रमण पुष्टि भएको हो ।

आज पनि सबैभन्दा बढी रौतहट जिल्लाका १०७ जना, दैलेखका ९३ जना, सर्लाहीका २३ जना, मोरङका २१ जना, महोत्तरीका २० जना र सुर्खेतका १९ जना रहेका छन् ।

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा मोरङकी १ महिला, नारायणी अस्पताल विरगन्जमा गरिएको परीक्षणमा पर्साका १ महिला र ९ पुरुष गरी १० जना, रौतहटका १ पुरुष रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुका ५ जना पुरुष, सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामका ३ पुरुष, कैलालीका १ महिला र १ पुरुष गरी २ जना, डोटीका १ महिला ३ पुरुष गरी ४ जना संक्रमित भेटिएका छन् ।

भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ५ पुरुष, बर्दियाका २ महिला र १४ पुरुष गरी १६ जना, प्युठानका २ महिला र १ पुरुष गरी ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका १ महिला र ४ पुरुष गरी ५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका २० पुरुष र धनुषाका ४ पुरुषमा संक्रमण पृष्टि भएको छ ।

त्यस्तै भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नुवाकोटका २ महिला र १ पुरुष गरी ३ जना, अर्घाखाँचीका ३ पुरुष र चितवनका १ महिला, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका २ पुरुष, रुपन्देहीका ५ पुरुष, कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीका १ महिला र २ पुरुष गरी ३ जना, मोरङका २ महिला र १९ पुरुष गरी २१ जना र झापाका १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ३ महिला र ८५ पुरुष गरी ८८ जना, सुर्खेतका १ महिला र १८ पुरुष गरी १९ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका ४ र काठमाण्डौंका १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ७ महिला र ३६ पुरुष गरी ४३ जना, त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा कैलालीका १ पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा रौतहटका २ महिला र २३ पुरुष गरी २५ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा धादिङका ९ र काठमाण्डौंका १ पुरुष रहेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ललितपुरका १ र काठमाण्डौंका २ महिलामा संक्रमण पुष्टि भएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १३९ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमा बाराका १ पुरुष, गुल्मीका ७ जना पुरुष, कपिलवस्तुका १ पुरुष, महोत्तरीका १० जना पुरुष, पाल्पाका १० जना पुरुष, रौतहटका २ महिला र ७४ पुरुष गरी ७६ जना, रुपन्देहीका २ महिला र ५ पुरुष, सर्लाहीका २३ पुरुष र सिराहाका ४ पुरुष रहेका छन् ।

आज पुष्टि भएका ४५१ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ६,२११ पुगेको छ । कूल संक्रमित मध्ये ५७४० जना पुरुष र महिला ४७१ जना रहेका छन् । हालसम्म ७३ जिल्लामा संक्रमण पुष्टि भएको छ ।

आज ६७ जना डिस्चार्ज, निको हुनेको संख्या हजार नाघ्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट ६७ जना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको भएर डिस्चार्ज भएकामा ६० पुरुष र ७ महिला गरी ६७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार आज कोभिड १९ अस्पताल जनकपुरबाट २४ जना पुरुष, पाटन अस्पताल ललितपुरबाट ३ महिला र १ पुरुष गरी ४ जना र कोभिड १९ युनिफाइड अस्प्ताल बलम्बुबाट २ महिला डिस्चार्ज भएका हुन् ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगन्जबाट १ महिला र १ पुरुष गरी २ जना, कलैया अस्पताल बाराबाट ६ जना पुरुष, साइकृष्ण आइसोलेशन सप्तरीबाट १७ जना पुरुष र कोरोना विशेष अस्पताल बेलझण्डी दाङबाट १ महिला र ११ पुरुष गरी १२ जना डिस्चार्ज भएका हुन् ।

आज डिस्चार्ज भएका ६७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १,०४१ पुगेको । जसमा महिला १०४, र पुरुष ९३७ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ५,७६० संक्रमित, १९ को मृत्यु र आइसोलेशनमा ४,७६७ जना

वि.सं.२०७७ असार १ सोमवार १८:१० मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...