back
CTIZAN AD

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ५,७६० संक्रमित, १९ को मृत्यु र आइसोलेशनमा ४,७६७ जना

वि.सं.२०७७ जेठ ३२ आइतवार

726 

shares

३२ जेठ, काठमाण्डौं । नेपालमा शनिबार (३२ जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ३ लाख ४४ हजार ९८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट २६ हजार २२८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार शनिबारको तुलनामा आजको परीक्षण निकै बढी हो । शनिबारको तुलनामा दुवै प्रविधिबाट आज १८ हजार ३७ वटा बढी नमुना परीक्षण गरिएको हो ।

त्यसैगरी आजसम्म पिसीआर प्रविधिबाट १ लाख ३३ हजार ३७७ र आरडिटी प्रविधिबाट २ लाख १० हजार ७२१ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ६,०८९ पिसीआर र २०,१३९ वटा र्यापिड परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ४,७६७ जनाको उपचार भइरहेको छ भने रेडजोनमा रहनेको संख्या हालसम्म ४९८ पुगेको छ । साथै आज भक्तपुरका १ जना रेडजोनमा परेका छन् ।
त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा रहनेको संख्या १ लाख ४१ हजार ६४१ पुगेको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या ५,३३५ पुगेको छ भने निको हुनेको संख्या आज ३६ जना थपिएसँगै ९१३ र मृतकको संख्या १८ पुगेको छ ।

आज ४२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५,७६० पुग्यो
नेपालमा आज ४२५जना कोरोना संक्रमितका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज ३७५ पुरुष र ५० महिलामा संक्रमण पुष्टि भएको हो ।

आज पनि रौतहटमा सबैभन्दा ७३ जना, दाङका ५४ जना, सुर्खेतमा ४० जना, दैलेखका २९ जना,धादिङका २५ जना, डडेल्धुराका २४, कन्चनपुरका २० जना, पश्चिम नवलपरासीका २० र पाल्पाका १७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा मोरङका २५ पुरुष, सुनसरीका १ र झापाका १ जना पुरुष रहेका छन् ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १ महिला र ९ पुरुष गरी १० जना, नारायणी अस्पताल विरगन्जमा गरिएको परीक्षणमा पर्साका ३ महिला र १४ पुरुष गरी १७ जना, बाराका ९ पुरुष, सर्लाहीका १ र रौतहटका ७ जना पुरुषमा संक्रमण पृष्टि भएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ पुरुष, सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा बझाङका २ महिला र ३ पुरुष गरी ५ जना, डडेल्धुराका २ महिला र २२ पुरुष गरी २४ जना, डोटीका १ महिला र २ पुरुष गरी ३ जना, कैलालीका १ महिला र ११ पुरुष गरी १२ जना, कन्चनपुरका ३ महिला र १७ पुरुष गरी २० जनामा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका १ महिला र २ पुरुष गरी ३ जना, बाँकेका ३ पुरुष, रुकुमपश्चिमका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा प्युठानका २ पुरुष, दाङका १३ महिला र ४१ जना पुरुष गरी ५४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका १ महिला र १६ पुरुष गरी १७ जना र धनुषाका १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रामेछापका २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका १ महिला र ७ पुरुष, नवलपरासी पश्चिमका २ पुरुष, २ महिला र १८ पुरुष, पाल्पाका १ महिला र १६ पुरुष गरी १७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका ६ महिला र ३४ पुरुष गरी ४० जना, दैलेखका ४ महिला र २५ पुरुष गरी २९ जनामा संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा रौतहटका १ र सिन्धुलीका १ पुरुष रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा धादिङका ६ महिला र १९ पुरुष गरी २५ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका २ महिला र ४९ पुरुष गरी ५१ जना, रुपन्देहीका ६ पुरुष र सर्लाहीका ५ पुरुषमा संक्रमण पृष्टि भएको छ ।

आज पुष्टि भएका ४२५ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५,७६० पुगेको छ । कूल संक्रमित मध्ये ५,३२४ जना पुरुष र ४३६ जना महिला रहेका छन् । हालसम्म ७३ जिल्लामा संक्रमण पुष्टि भएको छ । आज रुकुम पूर्वमा थप नयाँ संक्रमित भेटिएका छन् ।

आज ६१ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ८७७ पुग्यो
नेपालमा आज ६१ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । जसमा ६ महिला र ५५ जना पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमणबाट निको भएर डिस्चार्ज हुनेमा नारायणी अस्पतालबाट ३ महिला र ९ पुरुष गरी १२ जना, पाटन अस्पताल ललितपुरबाट १ पुरुष, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ महिला र २ पुरुष गरी ३ जना डिस्चार्ज भएका हुन् ।

त्यसैगरी नर्सिङ इन्स्चुयुट गौर रौतहटबाट ९ पुरुष, डडेल्धुरा अस्पतालबाट ५ पुरुष, दार्चुला जिल्ला अस्पतालबाट १ पुरुष, डोटी जिल्ला अस्पतालबाट १ पुरुष, सेति प्रादेशिक अस्पताल कैलालीबाट ६ जना पुरुष डिस्चार्ज भएका छन् ।
त्यसैगरी सहपुर्व आइसोलेसन सेन्टर बाँकेबाट ६ जना पुरुष, खजुरा क्यान्सर अस्पताल बाँकेबाट ८ पुरुष, कोरोना विशेष अस्पताल दाङबाट ५ महिला र १ पुरुष गरी जम्मा ६ जना डिस्चार्ज भएका हुन् ।

आज डिस्चार्ज भएका ६१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९७४ पुगेको छ । जसमा पुरुष ८७७ र महिला ९७ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज पनि १ को मृत्यु, मृतकको संख्या १९ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि भएकामा गुल्मी धुर्कोट गाउँपालिका वडा नं ४ जैशीथोकका ३६ वर्षीय पुरुष रहेका छन् ।

जेठ १२ गते प्रादेशिक अस्पताल रुपन्देहीको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । रेसुङगा नगरपालिकाको उपल्लो तम्घासको अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका उनको उपचारका क्रममा जेठ ३२ गते शनिबार राति आइसोलेशनमै मृत्यु भएको थियो । क्यान्सर रोगबाट पीडित रहेको बताइएका उनी भारतबाट आएका थिए ।

उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । हालसम्म मृत्यु भएकामा १ बालिका १ महिला र १७ पुरुष रहेका छन् ।

नेपालमा आजसम्मको कोरोना अपडेटः ५,३३५ जना संक्रमित, आइसोलेशनमा ४,४०४ र १८ को मृत्यु

वि.सं.२०७७ जेठ ३२ आइतवार १८:१५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...