back
CTIZAN AD

नेपालमा आजसम्मको कोरोना अपडेटः ५,३३५ जना संक्रमित, आइसोलेशनमा ४,४०४ र १८ को मृत्यु

वि.सं.२०७७ जेठ ३१ शनिवार

765 

shares

३१ जेठ, काठमाण्डौं । नेपालमा शनिबार (३१ जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ३ लाख १७ हजार ८७० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ८ हजार १९१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार शुक्रबारको तुलनामा आज कम परीक्षण गरिएको हो ।

त्यसैगरी आजसम्म पिसीआर प्रविधिबाट १ लाख २७ हजार २८८ र आरडिटी प्रविधिबाट १ लाख ९० हजार ५८२ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ५,६६१ पिसीआर र २,५३० वटा र्यापिड परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ४,४०४ जनाको उपचार भइरहेको छ भने रेडजोनमा रहनेको संख्या हालसम्म ४९७ पुगेको छ । साथै आज कास्की र रुकुमका १÷१ जना रेडजोनमा परेका छन् ।
त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा रहनेको संख्या १ लाख ५० हजार ५४९ पुगेको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या ५,३३५ पुगेको छ भने निको हुनेको संख्या आज ३६ जना थपिएसँगै ९१३ र मृतकको संख्या १८ पुगेको छ ।

नेपालमा आज २७३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५,३३५ पुग्यो

आज २७३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५,३३५ पुग्यो
नेपालमा आज २७३ जना कोरोना संक्रमितका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज २४७ पुरुष र ३६ महिलामा संक्रमण पुष्टि भएको हो ।

आज पनि रौतहटमा सबैभन्दा बढी ९२ जना, सुर्खेतमा ४० जना, दैलेखमा ३० जना, बाँकेका १८ र रोल्पाका १७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा झापाका १ महिला र ३ पुरुष गरी ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका २ महिला र ४२ पुरुष गरी ४४ जना, कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका ४ र झापाका १ गरी ५ जना पुरुष रहेका छन् ।

त्यसैगरी नारायणी अस्पताल विरगन्जमा पर्साका २ महिला र ४ पुरुष गरी ६ जना र बाराका १ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका १ महिला र ३ पुरुष गरी ४ जना र नवलपरासी पश्चिमका १ पुरुषमा संक्रमण पुष्टि भएको छ । साथै सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका ४ महिला र २६ पुरुष गरी ३० जना, सुर्खेतका ६ महिला र ३४ पुरुष गरी ४० जना रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा कपिलवस्तुका १ महिला र ४ पुरुष गरी ५ जना र दाङका २ पुरुष, भेरी अन्चल अस्पताल बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १ महिला र १७ पुरुष गरी १८ जना, रोल्पाका १ महिला र १६ पुरुष गरी १७ जना, बर्दियाका २ महिला र ४ पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा महोत्तरीका १ र सर्लाहीका २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गुल्मीमा गरिएको परीक्षणमा २ पुरुष, कपिलवस्तुमा गरिएको परीक्षणमा २ महिला र १८ पुरुष गरी २० जना, रुपन्देहीमा १ महिला र ४ पुरुष गरी जम्मा २८ जनामा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका ४८ जना पुरुष, सर्लाहीका २ महिला र ९ पुरुष गरी जम्मा ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

आज पुष्टि भएका २७३ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५,३३५ पुगेको छ । कूल संक्रमित मध्ये ४,९४९ जना पुरुष र ३८६ जना महिला रहेका छन् ।

आज ३६ जना निको भएर घर फर्किए, निको हुनेको संख्या ९१३ पुग्यो
३१ जेठ, काठमाण्डौं । नेपालमा आज ३६ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमणबाट निको भएर डिस्चार्ज हुनेमा नारायणी अस्पताल विरगन्जमा उपचाररत ५ पुरुष, साइकृष्ण आइसोलेशन सप्तरीबाट १७ जना पुरुष, आइसोलेशन सेन्टर सहपुर्व डुडुवा बाँकेबाट ८ पुरुष र भरतपुर अस्पताल चितवनबाट ६ पुरुष डिस्चार्ज भएका हुन् ।

आज ३६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, निको हुनेको संख्या ९१३ पुग्यो


आज डिस्चार्ज भएका ३६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९१३ पुगेको छ । जसमा पुरुष ८२२ र महिला ९१ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज २ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या १८ पुग्यो
नेपालमा आज थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकामा पर्साको विरगन्ज महानगरपालिका घण्टाघरका अन्दाजी २५ वर्षका पुरुषको जेठ २८ गते वेवारिसे रुपमा शव फेला परेको थियो ।

उनको शब नारायणी अस्पतालमा पोष्टमार्टमका लागि ल्याएको र नारायणी अस्पतालमै गरिएको श्वाव परीक्षणमा उनमा शुक्रबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या १८ पुग्यो

त्यसैगरी बाराको निजगढ नगरपालिका वडा नं ६ योजना टोलका ५ वर्षीय बालकको पनि संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । ज्वरो तथा श्वास प्रश्वासमा समस्या देखिएका उनलाई शुक्रबार विरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

उनको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि आइसोलेशनमा राखेर उपचार गरिएको र नारायणी अस्पतालको प्रयोगशालामा गरिएको उनको श्वाव परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

उनको श्वाव परीक्षणको नतिजा नआउँदै शुक्रबार मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएको पुष्टि भएका २ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । उनीहरुमा १ बालिका, १ महिला र १६ पुरुष रहेका छन् ।

नेपालमा आजसम्मको कोरोना अपडेटः ५,०६२ संक्रमित, १६ को मृत्यु, यस्तो छ अन्य अपडेट

वि.सं.२०७७ जेठ ३१ शनिवार १९:०८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...