back
CTIZAN AD

नेपालमा आज २७३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५,३३५ पुग्यो

वि.सं.२०७७ जेठ ३१ शनिवार

816 

shares

३१ जेठ, काठमाण्डौं । नेपालमा आज २७३ जना कोरोना संक्रमितका नयाँ विरामी भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज २४७ पुरुष र ३६ महिलामा संक्रमण पुष्टि भएको हो ।  आज पनि रौतहटमा सबैभन्दा बढी ९२ जना, सुर्खेतमा ४० जना, दैलेखमा ३० जना, बाँकेका १८ र रोल्पाका १७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा झापाका १ महिला र ३ पुरुष गरी ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका २ महिला र ४२ पुरुष गरी ४४ जना, कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका ४ र झापाका १ गरी ५ जना पुरुष रहेका छन् ।

त्यसैगरी नारायणी अस्पताल विरगन्जमा पर्साका २ महिला र ४ पुरुष गरी ६ जना र बाराका १ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका १ महिला र ३ पुरुष गरी ४ जना र नवलपरासी पश्चिमका १ पुरुषमा संक्रमण पुष्टि भएको छ । साथै सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका ४ महिला र २६ पुरुष गरी ३० जना, सुर्खेतका ६ महिला र ३४ पुरुष गरी ४० जना रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा कपिलवस्तुका १ महिला र ४ पुरुष गरी ५ जना र दाङका २ पुरुष, भेरी अन्चल अस्पताल बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १ महिला र १७ पुरुष गरी १८ जना, रोल्पाका १ महिला र १६ पुरुष गरी १७ जना, बर्दियाका २ महिला र ४ पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा महोत्तरीका १ र सर्लाहीका २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गुल्मीमा गरिएको परीक्षणमा २ पुरुष, कपिलवस्तुमा गरिएको परीक्षणमा २ महिला र १८ पुरुष गरी २० जना, रुपन्देहीमा १ महिला र ४ पुरुष गरी जम्मा २८ जनामा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका ४८ जना पुरुष, सर्लाहीका २ महिला र ९ पुरुष गरी जम्मा ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

आज पुष्टि भएका २७३ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५,३३५ पुगेको छ । कूल संक्रमित मध्ये ४,९४९ जना पुरुष र ३८६ जना महिला रहेका छन् ।

नेपालमा आज ४४८ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५,०६२ पुग्यो

वि.सं.२०७७ जेठ ३१ शनिवार १६:४४ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...