
३१ जेठ, काठमाण्डौं । नेपालमा आज २७३ जना कोरोना संक्रमितका नयाँ विरामी भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज २४७ पुरुष र ३६ महिलामा संक्रमण पुष्टि भएको हो । आज पनि रौतहटमा सबैभन्दा बढी ९२ जना, सुर्खेतमा ४० जना, दैलेखमा ३० जना, बाँकेका १८ र रोल्पाका १७ जना रहेका छन् ।
मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा झापाका १ महिला र ३ पुरुष गरी ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका २ महिला र ४२ पुरुष गरी ४४ जना, कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका ४ र झापाका १ गरी ५ जना पुरुष रहेका छन् ।
त्यसैगरी नारायणी अस्पताल विरगन्जमा पर्साका २ महिला र ४ पुरुष गरी ६ जना र बाराका १ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका १ महिला र ३ पुरुष गरी ४ जना र नवलपरासी पश्चिमका १ पुरुषमा संक्रमण पुष्टि भएको छ । साथै सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका ४ महिला र २६ पुरुष गरी ३० जना, सुर्खेतका ६ महिला र ३४ पुरुष गरी ४० जना रहेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा कपिलवस्तुका १ महिला र ४ पुरुष गरी ५ जना र दाङका २ पुरुष, भेरी अन्चल अस्पताल बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १ महिला र १७ पुरुष गरी १८ जना, रोल्पाका १ महिला र १६ पुरुष गरी १७ जना, बर्दियाका २ महिला र ४ पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा महोत्तरीका १ र सर्लाहीका २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गुल्मीमा गरिएको परीक्षणमा २ पुरुष, कपिलवस्तुमा गरिएको परीक्षणमा २ महिला र १८ पुरुष गरी २० जना, रुपन्देहीमा १ महिला र ४ पुरुष गरी जम्मा २८ जनामा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका ४८ जना पुरुष, सर्लाहीका २ महिला र ९ पुरुष गरी जम्मा ५९ जनामा संक्रमण पुष्टि भएको छ ।
आज पुष्टि भएका २७३ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५,३३५ पुगेको छ । कूल संक्रमित मध्ये ४,९४९ जना पुरुष र ३८६ जना महिला रहेका छन् ।
नेपालमा आज ४४८ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५,०६२ पुग्यो