back
CTIZAN AD

नेपालमा आज ४४८ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५,०६२ पुग्यो

वि.सं.२०७७ जेठ ३० शुक्रवार

1K 

shares

३० जेठ, काठमाण्डौं । नेपालमा आज ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ४४८ जनामा ४२४ पुरुष र २४ महिला रहेका छन् ।

आज सबैभन्दा बढी पुष्टि भएका जिल्लामा रौतहटका ८६ जना, सर्लाहीका ५६ जना, सुर्खेतका ४५ जना, दैलेखका ३८ जना, धादिङका २९ जना र स्याङजाका २२ जना रहेका छन् ।

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा मोरङका २ र झापाका ७ पुरुष, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा महोत्तरीका १० पुरुष र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ पुरुष, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १७ पुरुष, उददयपुरका ३ पुरुष र सिराहाका ११ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा इलाम १, झापाका ६ पुरुष, सुनसरीका १ महिला र ९ पुरुष गरी १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्वतका १३ पुरुष, स्याङजाका २२ पुरुष, नवलपरासी पूर्व र तनहुँका १÷१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

भेरी अन्चल अस्पताल बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमित भेटिएकामा बर्दियाका २ महिला र १३ पुरुष गरी १५ जना र बाँकेकी १ महिला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ४ पुरुष, मोरङका १ पुरुष, धादिङका २ महिला र २५ पुरुष रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १४ पुरुष, महोत्तरीका ६ जना र सर्लाहीका ३ पुरुष रहेका छन् । धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुकी १ महिला र ३ पुरुष गरी ४ जना र सर्लाहीका ४ पुरुष रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ३ महिला र ५ पुरुष गरी ८ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा दैलेखका ५ महिला र ३३ पुरुष गरी ३८ जना, सुर्खेतका २ महिला र ४३ पुरुष गरी ४५ जना, त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ पुरुष, गुल्मीका १, पाल्पाका १, प्युठानका २ पुरुष, रुपन्देहीका ३ महिला र १३ पुरुष , नवलपरासी पश्चिमका १ महिला र १ पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा र धादिङ १\१ जना पुरुष, धनुषाका १, नुवाकोटका १, रौतहटका ८६ पुरुष, काठमाण्डौंकी १ महिला, सर्लाहीका ९ महिला र ४१ पुरुष रहेका छन् ।

आज पुष्टि भएका ४४८ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५,०६२ पुगेको छ । कूल संक्रमित मध्ये ४,७०९ जना पुरुष र ३५३ जना महिला रहेका छन् ।

आज २५० जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४,६१४ पुग्यो

वि.सं.२०७७ जेठ ३० शुक्रवार १७:०१ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...