back
CTIZAN AD

आज २५० जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४,६१४ पुग्यो

वि.सं.२०७७ जेठ २९ बिहीवार

879 

shares

२९ जेठ, काठमाण्डौं । नेपालमा आज २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पुष्टि भएकामा २३० जना पुरुष र २० जना महिला रहेका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या ४,६१४ पुगेको छ ।

आज पु्ष्टि भएकामा सबैभन्दा बढी रौतहट जिल्लाका ५४ जना, दैलेखका ४४ जना, रुपन्देहीका २५ जना र बाजुराका १८ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा सुनसरीका ३ जना पुरुष, नारायणी अस्पताल विरगन्जमा गरिएको परीक्षणमा रौतहटका ३ जना पुरुष, किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बारा र धादिङका ७/७ जना गरेर १४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सर्लाहीका २ जना पुरुष, रौतहटका १५ जना पुरुष र महोत्तरीका ४ जना पुरुष रहेका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा झापाका तीनजना पुरुष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ३ महिला र ५ पुरुष गरी ८ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका १४ जना पुरुष, बाँकेमा १ महिला र १२ जना पुरुष रहेका छन् ।

सुर्खेत प्रादेशिक अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ४ महिला र ४४ जना पुरुष गरी ४८ जना र सुर्खेतका ७ जना पुरुष रहेका छन् ।

त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका १ जना र प्युठानका ४ पुरुषमा संक्रमण पुष्टि भएको छ । रुपन्देहीका बालिकासहित ४ महिला र एक बालकसहित २५ जना पुरुष पनि संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ७ जना पुरुष, बाजुराका बालिकासहित ८ महिला र बालकसहित १० पुरुष गरी जम्मा १८ जना र बझाङका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पश्चिमका ६ जना पुरुष तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १ पुरुष, रौतहटका ३९ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयको विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

आज थपिएका २५० जनासँगै नेपालमा संक्रमित हुनेको संख्या ४,६१४ पुगेको छ । जसमा ४,२८५ जना पुरुष र ३२९ जना महिला रहेका छन् ।

नेपालमा आज २७९ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४,३६४ पुग्यो

वि.सं.२०७७ जेठ २९ बिहीवार १६:४६ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...