
२९ जेठ, काठमाण्डौं । नेपालमा आज २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पुष्टि भएकामा २३० जना पुरुष र २० जना महिला रहेका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या ४,६१४ पुगेको छ ।
आज पु्ष्टि भएकामा सबैभन्दा बढी रौतहट जिल्लाका ५४ जना, दैलेखका ४४ जना, रुपन्देहीका २५ जना र बाजुराका १८ जना रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा सुनसरीका ३ जना पुरुष, नारायणी अस्पताल विरगन्जमा गरिएको परीक्षणमा रौतहटका ३ जना पुरुष, किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बारा र धादिङका ७/७ जना गरेर १४ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सर्लाहीका २ जना पुरुष, रौतहटका १५ जना पुरुष र महोत्तरीका ४ जना पुरुष रहेका छन् ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
कोशी अस्पतालको प्रयोगशालामा झापाका तीनजना पुरुष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ३ महिला र ५ पुरुष गरी ८ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका १४ जना पुरुष, बाँकेमा १ महिला र १२ जना पुरुष रहेका छन् ।
सुर्खेत प्रादेशिक अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ४ महिला र ४४ जना पुरुष गरी ४८ जना र सुर्खेतका ७ जना पुरुष रहेका छन् ।
त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका १ जना र प्युठानका ४ पुरुषमा संक्रमण पुष्टि भएको छ । रुपन्देहीका बालिकासहित ४ महिला र एक बालकसहित २५ जना पुरुष पनि संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ७ जना पुरुष, बाजुराका बालिकासहित ८ महिला र बालकसहित १० पुरुष गरी जम्मा १८ जना र बझाङका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पश्चिमका ६ जना पुरुष तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १ पुरुष, रौतहटका ३९ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयको विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
आज थपिएका २५० जनासँगै नेपालमा संक्रमित हुनेको संख्या ४,६१४ पुगेको छ । जसमा ४,२८५ जना पुरुष र ३२९ जना महिला रहेका छन् ।
नेपालमा आज २७९ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४,३६४ पुग्यो