२८ जेठ, काठमाण्डौं । नेपालमा आज २७९ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पुष्टि भएकामा २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या ४,३६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा मोरङका ८ जना पुरुष, झापाका १ महिला रहेका छन् ।
आज संक्रमण पुष्टि भएकामा सबैभन्दा बढी रौतहटका ५३ जना कपिलवस्तुका ४१ जना, दैलेखका २५ जना र सर्लाहीका २५ जना रहेका छन् ।
कोशी अस्पतालको प्रयोगशालामा झापाका ४ र उदयपुरका १ जना पुरुष, भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपुरका १ जना पुरुष र प्रादेशिक जस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका ७ जना पुरुष, नवलपरासी पश्चिमका ५ पुरुष, पाल्पाका ११ जना पुरुष र १ महिला गरी १२ जना, प्युठानका ६ जना र रुपन्देहीका ७ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ३ र बर्दियाका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका १ महिला र ५ पुरुष गरी ६ जना, सुर्खेत प्रादेशिक अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २ महिला र २३ पुरुष गरी २५ जना, जाजरकोटका ३ जना पुरुष, सुर्खेतका ३ महिला र ६ जना पुरुष गरी ९ जना, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका १ जना पुरुष, कैलालीका बालिकासहित २ महिला र १० पुरुषगरी १२ जना, कन्चनपुरका २ र डडेल्धुराका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
त्यस्तै धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका १० जना पुरुष, कपिलवस्तुका १ महिला र बालकसहित १८ जना पुरुष गरी १९ जनामा संक्रमण पुष्टि भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धादिङका ४ महिला र १२ जना पुरुष गरी १६ जनामा संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका ११ जना पुरुष, गोरखाका १ महिला र ३ पुरुष गरी ४ जना, कपिलवस्तुका बालिकासहित ३ महिला र १९ पुरुष गरी २२ जना, नुवाकोटका १ पुरुष रौतहटका ५२ जना पुरुष र १ महिला गरी ५३ जना, सर्लाहीका १५ जना पुरुष, सिन्धुपाल्चोकका २ जना पुरुष, सिराहाका १ पुरुष, उदयपुरका १ महिला र २ पुरुषगरी ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
आज थपिएका २७९ जनासँगै नेपालमा संक्रमित हुनेको संख्या ४,३६४ पुगेको छ । जसमा ४,०५५ जना पुरुष र ३०९ जना महिला रहेका छन् भने संक्रमितहरु भेटिएको जिल्ला ७२ रहेको छ ।
नेपालमा आज ३२३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो
वि.सं.२०७७ जेठ २८ बुधवार १७:०८ मा प्रकाशित






























