back
CTIZAN AD

आज पनि ९० जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ६७४ पुग्यो

वि.सं.२०७७ जेठ २८ बुधवार

1.1K 

shares

२८ जेठ, काठमाण्डौं । नेपालमा आजपनि कोरोना संक्रमणबाट ९० जना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा निको भएकामा ८८ जना पुरुष र २ महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार आज कोशी अस्पताल विराटनगरबाट १ महिला र ५ पुरुष गरी ६ जना, कोभिड १९ युनिफाइड अस्पताल बलम्बुबाट १ महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जुम्लाका १८ जना पुरुष र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ पुरुष डिस्चार्ज भएका हुन् ।

त्यस्तै कोभिड १९ अस्पताल जनकपुरबाट ३७ जना पुरुष, महेन्द्र गेनाइ आइसोलेसन सिराहाबाट २० जना पुरुष र कोरोना अस्पताल बेलझण्डी दाङबाट ७ जना पुरुष गरी पछिल्लो २४ घण्टामा जम्मा ९० जना निको भएर घर फर्किएका हुन् । नेपालमा हालसम्म कोरोना संक्रमित भएका ४ हजार ३६४ मध्ये ६७४ जना निको भएर घर फर्किएका हुन् ।

आज ९६ जना कोरोना संक्रमणबाट मुक्त, डिस्चार्ज हुनेको संख्या ५८४ पुग्यो

वि.सं.२०७७ जेठ २८ बुधवार १७:३१ मा प्रकाशित

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

बागमती । मुलुकका विभिन्न जातजातिको मौलिकता संरक्षण गर्न हेटौँडा उपमहानगरपालिका–११...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै...

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...