
२७ जेठ, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट ९६ जना मुक्त भएर डिस्चार्ज भएका छन् । उनीहरुमा ८८ जना पुरुष र ८ जना महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमणबाट मुक्त हुनेमा कोभिड १९ अस्पताल जनकपुरबाट धनुषाका ३० जना डिस्चार्ज भएका छन् । उनीहरुमा ६ जना महिला र २४ जना पुरुष रहेका छन् ।
त्यस्तै कोभिड–१९ युनिफाइड कमाण्ड अस्पताल बलम्बुबाट काठमाण्डौंकी १ महिला, कोहलपुर आइसोलेसन सेन्टर बाँकेबाट २२ जना पुरुष र राप्ती सोनारी आइसोलेसन सेन्टरबाट बाँकेकै ७ जना पुरुष डिस्र्चाज भएका हुन् ।
त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका २८ जना पुरुष, कोरोना विशेष अस्पताल दाङबाट बर्दियाका ४ जना पुरुष र जिल्ला अस्पताल दैलेखबाट दैलेखका १ महिला डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज भएका ५८४ जना मध्ये पुरुष ५०७ र महिला ७७ जना रहेका छन् ।
आज २१ जना कोरोना संक्रमणबाट मुक्त भए, निको हुनेको संख्या ४८८ पुग्यो