back
CTIZAN AD

नेपालमा आज ३२३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो

वि.सं.२०७७ जेठ २७ मंगलवार

915 

shares

२७ जेठ, काठमाण्डौं । नेपालमा आज थप २३२ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका ३२३ जनामध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् ।

संक्रमितहरु मध्ये प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जना पुरुष, कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका १ जना पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरी १ पुरुष, सुनसरीका १ महिला र ५ जना पुरुषमा संक्रमण पृष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको छ । जसमा चितवनमा ४ महिला र २० जना पुरुष गरी २४ जना, नवलपुरका १ महिला र २ पुरुष, धादिङ, कपिलवस्तु र सप्तरीका १÷१ जना गरी तीनजना महिला रहेका छन् ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा म्याग्दीका १ पुरुष, नवलपुरका १२ जना पुरुष र बाग्लुङका ११ जना पुरुष रहेका छन् ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको छ ।  जसमा धनुषाका २ महिला र १९ जना पुरुष गरी २१ जना, महोत्तरीका १ महिला र १८ पुरुष गरी १९ जना र सर्लाहीका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ६ जना पुरुष, भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा ९ जना संक्रमित भेटिएका छन् । जसमा बाँकेका २ जना महिला र ७ जना पुरुष गरी ९ जना रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाका १ महिला र १ पुरुष, सुर्खेत प्रादेशिक अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सल्यानका १२ जना पुरुष र सुर्खेतका २ महिला र बालकसहित २ पुरुष रहेका छन् ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा दार्चुलाका १० पुरुष, कन्चनपुरका २ महिला र १७ जना पुरुष सहित १९ जना, डडेल्धुराका १ महिला र ६ जना पुरुष तथा कैलालीका १ जना पुरुष रहेका छन् ।

प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा रुपन्देहीका २० र कपिलवस्तुका २ जना पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा धनुषाका १ बालकसहित २४ जना पुरुष, कपिलवस्तुका ४ महिला र ३ पुरुष गरी ७ जना, महोत्तरीका ७ महिला र बालकसहित २४ पुरुष गरी ३१ जना, नवलपरासी पश्चिमका १२ जना पुरुष, नुवाकोटका २ जना पुरुष, रौतहटका २१ जना पुरुष, सर्लाहीका १६ र सिराहाका १२ जना पुरुष रहेका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । जसमा ३,७९८ पुरुष र महिला २८७ रहेका छन् ।  आज थपिएको जिल्ला इलामसहित हालसम्म ७२ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

नेपालमा आज ३१४ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ३,७६२ पुग्यो

वि.सं.२०७७ जेठ २७ मंगलवार १६:५६ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...