back
CTIZAN AD

नेपालमा आज ३१४ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ३,७६२ पुग्यो

वि.सं.२०७७ जेठ २६ सोमवार

891 

shares

२६ जेठ, काठमाण्डौं । नेपालमा आज ३१४ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । जसमा २९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमित पुष्टि भएकाहरुमा प्रादेशिक अस्पताल विराटनगरमा गरिएको परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमा झापा गौरीगन्ज गाउँपालिकाका १८ देखि ४१ वर्षीय ६ जना पुरुष, सुनसरी कोशी गाउँपालिकाका १९ वर्षे पुरुष, मोरङ धनपालथापन गाउँपालिका, लेटाङ नगरपालिका र रौतामाई गाउँपालिकाका ९ जना रहेका छन् । उनीहरु १२ देखि ३६ वर्षे उमेर समुहका रहेका छन् । उनीहरुमा १ महिला र ८ पुरुष रहेका छन् ।

त्यसैगरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापा गौरीगन्ज, मेची नरगपालिका र, हल्दिवारी गाउँपालिकाको क्वारेन्टिनमा रहेका १८ देखि ३१ वर्षका ३ जना पुरुष, पाँचथर लालिखर्क गाउँपालिका घर भई हल्दिबारी क्वारेन्टाइनमा रहेका २३ वर्षीय पुरुष, सप्तरी राजविराज नरगपालिकाका १४ देखि ३४ वर्षका रहेका छन् । उनीहरुमा १ महिला र ५ जना पुरुष गरी जम्मा ६ जना रहेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी बालन बेहुल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १६ जनामा संक्रमण देखिएको छ । उनीहरु १ महिला र १५ पुरुष रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु १६ देखि २५ वर्षे उमेर समुहका पुरुष रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङजा वालिङका ६० वर्षीय पुरुष र कास्की पोखरा महानगरपालिकाको क्वारेन्टिनमा रहेका ४२ वर्षीय पुरुषमा पनि संक्रमण पृष्टि भएको छ । वालिङका ६० वर्षीय पुरुषको उपचारका क्रममा पोखरा अस्पतालमा मृत्यु भएको छ ।

त्यस्तै नारायणी अस्पताल विरगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा जगन्नाथपुर गाउँपालिकाको क्वारेन्टिनमा रहेका १ महिला र ७ पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । साथै वाराका स्वर्ण गाउँपालिका र प्रचौटा नगरपालिकाका १ बालिका, १ महिला र ५ पुरुष गरी जम्मा ७ जना रहेका छन् ।

रौतहट गढीमाई नगरपालिकाको क्वारेन्टिनमा रहेका ४ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङ बग्लाचुली गाउँपालिका र घोराही उपमहानरगपालिकाका ४ जना पुरुष रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँके जानकी गाउँपालिका १ पुरुष, मधुवन ठाकुरवावा बासघारी बर्दियाका १ बालिका, २ महिला र १५ जना पुरुष गरी १८ जनामा संक्रमण पुष्टि भएको छ ।

सुर्खेत प्रादेशिक अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेख आठविस नगरपालिका, नारायण नगरपालिका, वुङगेश्वर, गुरासँ र नौमुले गाउँपालिकाका १० जना पुरुषमा संक्रमण पुष्टि भएको छ । साथै सल्यान बनगार्ड कुपिण्डे नगरपालिका र कुमाद गाउँपालिकाका १ महिला र ४ पुरुष गरी जम्मा ५ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेत बराहतालका २१ वर्षे पुरुषपनि संक्रमित भएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ६५ जनामा संक्रमण पुष्टि भएको छ । अर्घाखाची सन्धिखर्क सितगंगा, पाणिनी गाउँपालिकाका २ महिला र २९ जना पुरुष गरी जम्मा ३१ जना रहेका छन् । गुल्मी हाल लुम्बिनी मेडिकलेजमा रहेका ३२ वर्षीया महिला, कपिलवस्तुका १ महिला र १६ पुरुष गरी १७ जना रहेका छन् । नवलपरासी १ महिला र १ पुरुष गरी २ जना, पाल्पा हाल लुम्बिनी मेडिकल कलेजका १ पुरुष, प्युठान कोटिमाइ गाउँपालिका, लुम्बिनी विश्वविद्यालयको क्वारेन्टिनमा रहेका १ बालिका र ७ पुरुष गरी ८ जना र रुपन्देहीकी १ महिला र ४ जना पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु महाराजगन्ज नगरपालिकाका ७ पुरुष, महोत्तरी जलेश्वर र औरही क्वारेन्टिनमा रहेका १२ जना पुरुष, रौतहट इशनाथका ७ जना पुरुष, सर्लाही विष्णु गाउँपालिका, मधुवन क्वारेन्टिन, ब्रम्हपुरी, इश्वरपुर र कविलास क्वारेन्टिनमा रहेका १०६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा तीनजना महिला र १०३ जना पुरुष रहेका छन् ।
आज संक्रमित पुष्टि भएका ३१४ सहित नेपालमा हालसम्म ३,७६२ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । त्यसमा ३५०६ जना र महिला २५६ जना रहेका छन् ।

नेपालमा आज २१३ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ३,४४८ पुग्यो

वि.सं.२०७७ जेठ २६ सोमवार १७:२० मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...