
२६ जेठ, काठमाण्डौं । नेपालमा आज २१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर देवकोटाले दिएको जानकारी अनुसार आज डिस्चार्ज हुनेमा १ जना महिला र २० जना रहेका छन् ।
बाँकेको खुजरा अस्पतालबाट २० जना डिस्चार्ज भएका हुन् । बाँके नरैनापुर गाउँपालिकाका उनीहरु १५ देखि २० दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । १३ देखि ५२ वर्ष उमेर समुहका उनीहरु सबै पुरुष रहेका छन् ।
कोभिड युनिफाइड अस्पताल बलम्बुबाट २३ वर्षीया महिला डिस्चार्ज भएकी छन् । उनी पाँचौदिनको उपचारपछि डिस्चार्ज भएकी हुन् ।
file photo-Agency
नेपालमा आजमात्रै १०२ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ४६७ पुग्यो