२६ जेठ, काठमाडौं । बैंक तथा बित्तिय संस्थामा पैसा थुप्रिएको छ । कोरोना भाईरसको माहामारीका कारण गत चैत्र ११ गते देखि मुलुक बन्दाबन्दिको अबस्था छ ।
यो अवधिमा बैंक तथा बित्तिय संस्थामा १ खर्ब २७ अर्ब निक्षेप संकलन भएको राष्ट्र बैकले जनाएको छ ।
यो रकम लकडाउन सुरु भएदेखि गत जेठ २४ सम्मको बैंक तथा बित्तिय संस्थाहरुको हो । यो तथ्याङ्क बाणीज्य बैक, बिकास बैंक तथा फाइनान्स कम्पनीको हो ।
केन्द्रिय बैंकका अनुसार लकडाउन सुरु भएको दिन बैक तथा बित्तिय संस्थाहरुमा ३५ खर्ब ९४ अर्ब रुपैंयाँ निक्षेप संकलन थियो । त्यसको झण्डै अढाई महिना पछि जेठ २४ गते निक्षेप बढेर ३७ खर्ब २१ अर्ब पुगेको छ ।
यतिका धेरै निक्षेप संकलन हुँदा बैंकहरुले जम्मा ११ अर्ब मात्र लगानी गरेका छन । राष्ट्र बैंकको तथ्याङ्क अनुसार ११ चैत्र सम्ममा बैंक तथा बित्तिय संस्थाहरुको कूल लगानी ३२ खर्ब १८ अर्ब थियो त्यस यता २४ जेठसम्म बैंकहरुको कूल लगानी ११ अर्बले बढेर ३२ खर्ब २९ अर्ब मात्र पुगेको छ ।
यो अधिमा अत्यवस्यकीय औषधि जन्य सामाग्रीको आयतका लागि एलसि खोल्ने बाहेक कुनै पनि काम नभएको बैकरहरुको भनाई छ । त्यसैले अहिले कर्जा र निक्षेपको अनुपात (सिसिडि रेसियो) घटेको छ ।
पछिल्ला बर्षहरमा निक्षेप कर्जाको अनुपात बढेर बैकहरुलाई माग धान्न हम्मे हम्मे परेको थियो भने उत्पादन मूलक क्षेत्रमा लगानी गर्नेहरुका लागि ब्याज दर पनि थेगि नसक्नु थियो ।
बिज्ञहरुका अनुसार अहिले बैंकहरुमा तरलता बढेको छ अब कर्जाको ब्याजदर पनि घट्छ ।
उता बैंकहरुमा तरलता बढेसंगै बिदेसि मुद्राको निक्षेप भने घटिरहेको छ । चैत्रमा १ खर्ब ३७ अर्ब रुपैयाँ रहेको बिदेसि मुद्राको निक्षेप अहिले एक खर्ब २७ अर्बमा खुम्चिएको छ ।
वि.सं.२०७७ जेठ २६ सोमवार १८:१० मा प्रकाशित



























