back
CTIZAN AD

नेपालमा आजमात्रै १०२ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ४६७ पुग्यो

वि.सं.२०७७ जेठ २५ आइतवार

1.5K 

shares

२५ जेठ, काठमाण्डौं । नेपालमा आजमात्रै कोरोना संक्रमणबाट मुक्त भएर १०२ जना घर फर्किएका छन् ।

स्वास्थ्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाानमा उपचाररत १२ जना रहेका छन् । झापाका उनीहरु १० दिनको उपचार पश्चात निको भएर डिस्चार्ज भएका हुन् ।

त्यसैगरी कैलाली अस्पतालबाट बाराका ३४ जना डिस्चार्ज भएका छन् । उनीहरु ९ देखि ११ दिनको उपचारपछि घर फर्किएका हुन् ।

काठमाण्डौंको बलम्बुमा रहेको कोभिड १९ युनिफाइड अस्पतालबाट महोत्तरीका १ जना डिस्चार्ज भएका छन् । उनी ९ दिनमा निको भएर घर फर्किएका हुन् ।

त्यस्तै बुटवलको कोरोना विशेष अस्पतालबाट कपिलवस्तु र रुपन्देही २७ जना डिस्चार्ज भएका छन् । उनीहरु १३ देखि २७ दिनमा डिस्चार्ज भएका हुन् ।

त्यसैगरी कोरोना विशेष अस्पताल दाङ बेलझण्डीबाट १० जना डिस्चार्ज भएका छन् । बाँके, दाङ, बर्दिया र कपिलवस्तुका उनीहरु १५ देखि २३ दिनमा डिस्चार्ज भएका हुन् ।

त्यस्तै गौरमा रहेको नर्सिङ इन्स्च्युटबाट १८ जना डिस्चार्ज भएका छन् । रौतहटका उनीहरु २० दिनको उपचारपछि डिस्चार्ज भएका हुन् ।
आज डिस्चार्ज भएका १०२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४६७ पुगेको छ । जसमा ३९९ पुरुष र ६८ जना महिला रहेका छन् ।

आज ३२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ३६५ पुग्यो

वि.सं.२०७७ जेठ २५ आइतवार १७:३४ मा प्रकाशित

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

काठमाडौँ । नबिल बैंकले ग्राहकहरूलाई आफ्नै घर पुनर्निर्माणका लागि सहज...

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...