back
CTIZAN AD

बन्द रहेको सेयर कारोबार छिट्टै खुल्ने, करमा पनि सहुलियत पाईने

वि.सं.२०७७ जेठ २५ आइतवार

1.5K 

shares

२५ जेठ, काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सेयर कारोबारको दोस्रो बजार खोल्न निर्देशन दिएका छन । नेपाल धितो पत्र बोर्डको २८ औं बार्षिकोत्सवलाई आईतबार सम्बोधन गर्दै खतिवडाले यस्तो निर्देशन दिएका हुन । उनले सेयर कारोबार लामो समय बन्द हुन नहुने भन्दै सुरक्षाको उपाया अबलम्बन गरेर शेयर बजार खोल्नु पर्ने बताए । कोरोना माहामारीको संक्रमण बढेसंगै सरकारले गरेको लकडाउनका कारण लामो समयदेखि कारोबार बन्द छ । बीचमा २ दिन छोटो समयका लागि कारोबार खुले पनि बन्द पुनः बन्द भएको थियो ।

चुनौतीपूर्ण रहेको सेयर कारोबारमा ऋण पत्रहरुको करोबार बढाउनु पर्ने खतिवडाको भनाई छ । उनले पूँजी बजारलाई सहुलियत दिएर करमा प्रोत्साहन गर्ने पनि बताएका छन ।

मन्त्री खतिवडाका अनुसार सरकारले सरकारि ऋण पत्रहरु अब बजारमा लैजाने तयारी थालिएको जानकारी दिएका छन । बैंकहरुको ऋण पत्र आए जस्तै औद्योगिक क्षेत्रको पनि ऋण पत्र आउने स्थिति बनाउनु पर्ने उनको भनाई छ ।

सेयर बजार बन्द हुँदा धेरै लगानीकर्ताहरुलाई समस्या परेको भन्दै मन्त्री खतिवडाले यो समस्या अल्पकालिन मात्र भएको बताए ।
समस्यासंग जुद्धै अब हामीले हाम्रा दैनिक गतिविधिहलाई क्रमशः सुचारु गर्दै लानु पर्नेमा उनको जोड छ ।

कोरोनाका कारण संसारको पूँजीबजार प्रभावित भएको भन्दै अर्थमन्त्री खतिवडाले अब नेपालको पूँजी बजारलाई सार्क स्तरिय बनाउन पनि जोडि दिएका छन ।

धितो पत्र बोर्डको सहयोग भएमा दक्षि एसियामा नेपालको पूँजी बजार बिस्तार गर्दै लगानी समेत भित्राउन सकिने र यसले नेपालको अर्थिक बृद्धिमा सकारात्मक सहयोग पुग्ने अर्थमन्त्री खतिवडाकोे भनाई छ ।

कार्यक्रमलाई अर्थमन्त्रीले खतिवडाले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।

https://www.facebook.com/SebonOfficial/videos/709065656495174/?t=3

वि.सं.२०७७ जेठ २५ आइतवार १८:२९ मा प्रकाशित

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...