
२५ जेठ, काठमाण्डौं । नेपालमा आज २१३ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । उनीहरुमा २०९ जना पुरुष र ४ जना महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयद्धारा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालमा कोरोना संक्रमितको कूल संख्या ३,४४८ पुगेको हो ।
कूल संक्रमित ३,४४८ जनामा ४६७ जना निको भएर घर फर्किएका छन् भने अन्यको विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचार भइरहेको पनि मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।