back
CTIZAN AD

एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

वि.सं.२०७७ जेठ २५ आइतवार

924 

shares

२५ जेठ, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) बारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।

नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक मंगलबार ४ बजेलाई बोलाइएको छ ।

पार्टीमा एमसीसी विवाद भएपछि वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठन भएको अध्ययन कार्यदलको सिफारिसविपरीत एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि नेकपामा विवाद बढेको छ ।

एमसीसीलाई लिएर विवाद बढेपछि यसअघि जेठ १७ गते सचिवालय बैठक बसेको थियो । सो बैठकले संसदवाट पारित नभएसम्म एससीसीका काम अघि नबढाउने सहमति गरेको थियो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यदलकोप्रतिवेदनबारे स्थायी कमिटीमा छलफल गर्नुपर्ने बताउँदै आएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली भने संसद्को यहि अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने पक्षमा छन् । सचिवालयका अन्य बहुमत सदस्यहरु पनि यथास्थितिमा सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।

नेकपाभित्रको आन्तरिक विवादले गर्दा एमसीसी सम्झौता संसदमा पेश हुन सकेको छैन ।

(फाइल तस्विर)

वि.सं.२०७७ जेठ २५ आइतवार १७:०७ मा प्रकाशित

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

नेपाल बैंकद्वारा ’एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

नेपाल बैंकद्वारा ’एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज...

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई थप सहज सुविधा दिने...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

काठमाडौँ । नबिल बैंकले ग्राहकहरूलाई आफ्नै घर पुनर्निर्माणका लागि सहज...