back
CTIZAN AD

सुनको भाउ तोलाको ८७ हजार ४ सय पुग्यो

वि.सं.२०७७ जेठ २५ आइतवार

870 

shares

२५ जेठ काठमाडौं । सुनको सूनको भाउ तोलाको ८७ हजार ४ सय पुगेको छ । नेपाल सुन चाँदि व्यवसायी माहासंघले गत जेठ १० गते सार्वजनिक गरेको मूल्य प्रति तोला ७४ हजार रहेको थियो भने त्यसको १५ दिन पछि आईतबारको मूल्य १० हजार ४ सय बढेर ८७ हजार ४ सय कायम भएको छ । त्यस्तै चांदिको मूल्य पनि प्रति तोला २०५ रुपैयाँ बढेको छ । यस अघि जेठ १० मा चादिको मूल्य प्रति तोला ७२० रहेकोमा आईतबार यसको मूल्य बढेर ९२५ पुगेको छ ।

माहासंघले आईतबारबाट आंशिक कारोबार सुरु गर्नलाग्दा सुनको मूल्यमा यतिको मूल्य बृद्धि भएको हो । यस अघि शनिबार नै एक विज्ञप्ति प्रकाशित गरि माहासंघले आईतबारबाट कारोबार सुरु गर्ने जनाएको थियो । कोरोना भाईरसको माहामारीको कारण सरकारले गरेको बन्दाबन्दीको कारण गत चैत्र ११ गतेदेखि नै व्यवसायीले कारोबार बन्द गरेका थिए । करोबार बन्द भए पनि सुन चादिको मूल्य भने निरन्तर उकालो लागिरहेको थियो ।

जानकारहरुका अनुसार अहिले बिश्व बजारमा तेलको कारोबारमा उच्च गिरावट आएको तथा सेयर कारोबार पनि त्यति राम्रो नभएका कारण लगानीकर्ताहरुले सुनमा लगानी गरिरहेका छन । पूर्तीको तुलनामा माग बढी भएपछि अहिले सुनको मूल्यमाबृद्धि भएको हो । उनीहरुका अनुसार सुनमा लगानी तुलनात्मकरुपमा सुरक्षित मानिन्छ ।

वि.सं.२०७७ जेठ २५ आइतवार १६:५० मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...